आजदेखि जनकपुरमा विवाह पञ्चमी महामहोत्सव

होमपेज / मुख्य समाचार /
आजदेखि जनकपुरमा विवाह पञ्चमी महामहोत्सव
  • रेडियो सुदूर सञ्चार
  • ४ मंसिर २०८२ (२ महिना अघि)
  • १२८

सीताराम विवाह पञ्चमी महामहोत्सव आजदेखि जनकपुरधाममा शुरू हुँदैछ । यसका लागि जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान तथा बाह्रबिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल बनाइएको छ । मन्दिर वरपरका गल्ली, मठमन्दिरहरूमा पनि बत्ती जडान गरिएका छन् ।

यसवर्ष कार्यक्रमका लागि सरकारले सहयोग नगरेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताउनुभयो । अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका विभिन्न धार्मिक केन्द्रहरूबाट यसवर्ष पनि ठूलो सङ्ख्यामा साधु–सन्त, महन्त, योगी, सन्यासी, भिक्षु र भिक्षुणी आउने उहाँको भनाइ छ । जनकपुरधामलाई मिथिलाञ्चलको सांस्कृतिक राजधानीका रूपमा चिनाउने यो महोत्सव वर्षौंदेखि नेपाल–भारत धार्मिक सम्बन्ध मजबुत गर्ने प्रमुख माध्यम बन्दै आएको छ  ।

सप्ताहव्यापी  विवाह पञ्चमी महामहोत्सवको आज नगरदर्शन, भोलि फूलबारी लिला, पर्सि धनुषयज्ञ, मङ्सिर ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र १० रामकलेवा विधिसहित समापन हुनेछ ।  विवाह पञ्चमीलाई लक्षित गरी सुरक्षा योजना कडा पारिएको छ । 

अन्तिम अध्यावधिक: ४ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस