नेपाल सरकारको मुख्य सचिवमा अर्याल नियुक्त

होमपेज / मुख्य समाचार /
नेपाल सरकारको मुख्य सचिवमा अर्याल नियुक्त
  • रेडियो सुदूर सञ्चार
  • ८ मंसिर २०८२ (२ महिना अघि)
  • १६९

नेपाल सरकारको मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

२०५३ साल वैशाखमा निजामती सेवामा अधिकृतबाट प्रवेश गर्नुभएका अर्याल २०७७ साल माघ १९ गते सचिवमा बढुवा हुनुभएको थियो । उहाँले विज्ञान विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

अहिलेका मुख्य सचिव एकनारायण अर्याल उमेर हदका कारण पर्सि बुधवार सेवा निवृत्त हुँदै हुनुहन्छ ।

अन्तिम अध्यावधिक: ८ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस