एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा

होमपेज / बैंक/वित्त / मुख्य समाचार /
एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा
  • रेडियो सुदूर सञ्चार
  • ११ मंसिर २०८२ (८ महिना अघि)
  • १७०

नेपाल राष्ट्र बैंक लिमिटेडले एक सय रुपैयाँको नयाँ नोट आजबाट प्रचलनमा ल्याएको छ। निःवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको यो नयाँ नोट सङ्केत नं. २० क ०००००१ देखि ४० घ ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ।

नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप र मध्य भागमा नेपालको लिम्पियाधुरा र लिपुलेक समेटिएको नक्शा रहेको छ। यसैगरी, मध्य भागमा अशोक स्तम्भको चित्र, दृष्टिविहीनहरूलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको राष्ट्र बैंकले जनाएको छ। 

केन्द्रिय बैंकका अनुसार नोट २ मि.मि. चौडा भएको रङ परिवर्तन हुने (सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको छ। नोटमा नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ।

नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ।’ भन्ने उल्लेख छ। यसअघि राष्ट्र बैंकले २०७६ साल असोज ७ गतेदेखि रुपैयाँ १०० दरको बैंकनोट सङ्केत नं. ओ १८ ०००००१ देखि क ३७ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनिए तापनि १८ ओ ०००००१ देखि १९ क १९ ०३४५०० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।

अन्तिम अध्यावधिक: ११ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस