निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीको काम शुरू

होमपेज / मुख्य समाचार / राजनीति /
निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीको काम शुरू
  • रेडियो सुदूर सञ्चार
  • १५ मंसिर २०८२ (१ महिना अघि)
  • १८६

समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आयोगले सचिव माहादेव पन्थलाई निर्वाचन अधिकृत तोकेर कान्तिपथमा रहेको आयोगको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । नेपालमा संवैधानिक व्यवस्था बमोजिम प्रत्यक्ष र समानुपातिक गरी दुई वटा निर्वाचन प्रणाली रहेको छ ।

कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भए पनि विगतमा काम गरेका व्यक्तिहरूबाट सुझाव लिएर काम गर्न सके कठिन नहुने बताउनुभयो । चुनाव सम्पन्न गर्ने सन्दर्भमा कुनै पनि झन्झट नमानिकन सूत्र अनुसार अघि बढ्न उहाँको आग्रह छ ।

अन्तिम अध्यावधिक: १५ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस