सुदूरपश्चिमका औषधी व्यवसायी आन्दोलित, सेवाग्राही समस्यामा

होमपेज / समाचार /
सुदूरपश्चिमका औषधी व्यवसायी आन्दोलित, सेवाग्राही समस्यामा
  • रेडियो सुदूर सञ्चार
  • १५ मंसिर २०८२ (१ महिना अघि)
  • १८१

कञ्चनपुर -

सुदूरपश्चिमका औषधी व्यवसायी आन्दोलित भएका छन् । देशभरका औषधी व्यवसायी आन्दोलित भएका बेला सुदूरपश्चिमका औषधी व्यवसायी पनि आन्दोलित भएका हुन् ।

सरकारले औषधी व्यवसायीमाथि अन्याय गरेको भन्दै औषधी पसल बन्द गरेर आन्दोलनमा उत्रेका छन् । औषधी व्यवसायीहरुले झण्डै ५ दशक अघि बनेको औषधी ऐन व्यवहारिक हुनुको साटो व्यवसायीलाई झन धरासायी विस्थापित गर्ने हिसाबले संशोधन गरिएको बिरोधमा आन्दोलन गरिरहेका छन् ।

औषधी ऐन ०३५ लाई गत साउनमा सरकारले संशोधन गरेर झन व्यवसायी विदेशीन बाध्य पारेर गरिएको संशोधन तत्काल फिर्ता हुनुपर्ने माग अघि सारेका छन् । नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष गजेन्द्रदेव लेखकले ऐन व्यवसायीहरुको हकहित भन्दा पनि व्यवसाय धरासायी पार्ने गरेर बनाएको हुन बाध्य भएर आन्दोलन गर्न लागेकोे बताए ।

अध्यक्ष लेखकले उक्त ऐन बिरुद्धमा नेपाल औषधी व्यवसायी संघ, नेपाल आयुर्वोद र पशुपन्छी औषधी व्यवसायी संघले देशव्यापी रुपमा गरेको आन्दोलन सुप प्रदेशका ९वटै जिल्लाहरुमा पनि गर्न लागेको बताए । १२मंसिरदेखि शुरुवात गरिएको आन्दोलन १६ सम्मै गर्ने बताए । अध्यक्ष लेखकले गत १४ साउन ०८२ राजपत्रमा उक्त ऐन जारी गरे लगत्तैदेखि व्यवसायी आन्दोलनमा उत्रिएको बताए ।

‘हामीले पुरानो ऐन समय सापेक्ष भएन भन्दै सिङ्गै संशोधनको माग अघि सारेका थियौँ, ‘उनले भने, ‘तर सरकारले दुई बुँदा मात्रै संशोधन गरेर हामीमाथि अझ अन्याय थपिदिएको छ ।’

औषधी व्यवसायीहरुले नै औषधी व्यवस्था विभागको माग अघि सारेको स्मरण गर्दै आज आएर विभाग व्यवसायीप्रति अन्यायमा उत्रिएको दुखेसो पोखे । आम नागरिकले सर्वसुलभ तरिकाले गुणस्तरिय औषधी उपलब्ध गराउने उदेश्यले ऐन जारी हुनुको साटो सबैमाथि अन्याय हुने गरेर संशाधन भएको बताए । अध्यक्ष लेखकले औषधी ऐन ०३५को दफा ११को उपदफा ५खारेजीको माग अघि सारेर कालोपट्टी बाँध्नेदेखि पसल बन्द गरेर अहिले आन्दोलन भईरहेको बताए ।

संशोधित ऐनअनुसार औषधि पसल दर्ता नवीकरणको म्याद सकिएको भोलिपल्टदेखि नै सत प्रतिशत जरिवाना निर्धारण गरिएको र ३१ औँ दिनसम्म पनि नवीकरण नगरेमा पसल स्वतः खारेज हुने प्रावधानले औषधी व्यवसायीहरूलाई पेशा संकटमा पारेको बताए । आइतबार बिहान ११देखि दिउँसो १२बजेसम्म एक घण्टा औषधी पसल बन्द गरिएका छन् ।

भने, १४मंसिरदेखि १६गतेसम्म दैनिक दुई घण्टा पसल बन्द गरेर आन्दोलन जारी राखिने छ । ‘यस अघि पनि केन्द्रमा हामीले दवाव दिदै आएका थियौँ, ‘उनले भने, ‘सरकारले सुन्दै सुनेन, अहिले औषधी व्यवस्था विभागदेखि औषधी पसल बन्द गरेर आन्दोलन जारी छ ।’ ऐन लागु भएदेखि यता हालसम्म ८सय औषधी पसल बन्द भएपछि औषधी व्यवसायी विदेशीन बाध्य भएको बताए । सुदूरपश्चिमका ५सय औषधी व्यवसायी मारमा परेका छन् । नेपाली औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुडाले औषधी व्यवसायी र औषधी व्यवस्था विभाग नङमासुको सम्बन्ध भएपनि अहिले आएर औषधी व्यवस्था विभाग निर्मम बनेर देशकै औषधी आपूर्ति, सप्लार्यस एव खुद्रा व्यवसायीदेखि बिरामीसम्मै प्रभावित भईरहेको बताए ।

यस अघि औषधी व्यवसायी ३५दिनसम्म नवीकरण नगरे ३५दिनदेखि १सय २५ दिनसम्म २५ प्रतिशत जरिवाना बुझाउने व्यवस्था भएपनि अहिले सत प्रतिशत जरिवानादेखि स्वत बन्द गर्ने प्रावधानले जिल्लाकै डेढसय व्यवसायी धरासायी हुने बताए । औषधी व्यवस्था विभागका कारण औषधी व्यवसायीदेखि बिरामी मारमा पर्ने चिन्ता व्यक्त गरेका छन । १६मंसिरसम्म सरकारले माग बारे सम्बोधन नगरे त्यसको भोलीपल्टैदेखि सेवा ठप्प पारेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

अन्तिम अध्यावधिक: १५ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस