बेलौरीमा वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिता–२०८२ सुरु

होमपेज / खेलकुद / समाचार / समाज /
मैत्रीपूर्ण खेलमा बेलाैरी नगरपालिकाकाे टीम विजयी
बेलौरीमा वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिता–२०८२ सुरु
  • चन्द्रिका चौधरी
  • १५ मंसिर २०८२ (१ महिना अघि)
  • ३३१

चन्द्रिका चाैधरी/ बेलौरी, कञ्चनपुर —

साेमबारदेखि बेलौरी नगर खेलकुद समितिको आयोजनामा वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा विधायन मामिला समिति सभापति दिवान सिंह विष्टकाे प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सुरु भएको हाे।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि विष्टले भने, “खेलकुदले युवामा अनुशासन, नेतृत्व क्षमता र सहिष्णुता विकास गर्छ। स्वस्थ समाज निर्माण र सामाजिक सद्भावमा खेलकुदको भूमिका अत्यन्त महत्वपूर्ण छ।,

फरक प्रसंग जाेड्दै बेलाैरीकाे खेलकुद विकासका लागि सक्ने जति सहयोग गरेकै छु विष्टले भने,- विगत हेर्दा क्षेत्रकाे विकास नभएको भने हाेइन, तर साेचे जति हुन सकेकाे छैन्। यद्यपि लागिपरेको छु।,

मेयर कपले स्थानीय प्रतिभालाई उजागर गर्दै राष्ट्रिय स्तरमा अघि बढ्ने अवसर मिलाेस् भन्ने शुभेच्छा सहित खेलाडी सबैलाई शुभकामना व्यक्त गर्दछु।”

नगरखेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेको सभाध्यक्षता रहेको कार्यक्रममा भुपेन्द्र शाहीले स्वागत मन्तव्य राखेका थिए। 

नगर खेलकुद समितिका अध्यक्ष न्यौपानेले भने, “हाम्रो नगरका युवामा क्षमता प्रशस्त छ। उनीहरूलाई नियमित अवसर र प्रशिक्षण उपलब्ध गराइएमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि चिनिन सक्छन्। मेयर कप प्रतियोगिता खेलमैत्री बेलौरी निर्माणको पहिलो र महत्वपूर्ण पाइला हो। आगामी दिनमा महिला फुटबल र अन्य खेलकुद विधामा पनि विस्तार गर्ने योजना छ।”

उद्घाटन खेलमा बेलौरी उद्योग वाणिज्य संघ र बेलौरी नगरपालिका कर्मचारीबीच मैत्रीपूर्ण खेल भएको थियो। दुवै टोलीले आक्रामक शैली प्रदर्शन गरे। गोलका लागि प्रयास, तेज पास र रणनीतिक खेलले दर्शकलाई रोमाञ्चक अनुभव दिएको थियो। उत्कृष्ट समन्वय र टीमवर्कको आधारमा नगरपालिका कर्मचारी टिम विजयी बनेको आयोजकले जनाएको छ।

मैदान वरिपरि दर्शकहरूको भीड बाक्लो देखिन्थ्यो। बालकदेखि ज्येष्ठ नागरिकसम्म सबैले खेल अवलोकन गरे। उद्घाटन खेलको रोमाञ्चक क्षण, दर्शकको तालि र खेलाडीको जोशले पहिलो दिनको प्रतियोगिता उत्साही बनेको थियो।

प्रतियोगितामा नगरका १० वटै वडा टोलीले भाग लिएकाछन्। उत्कृष्ट टोली र खेलाडीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिने आयाेजकले जनाएको छ।

प्रतियोगिता युवामा अनुशासन, स्वस्थ जीवनशैली, खेलप्रति रुचि र प्रतिभा पहिचान गर्ने लक्ष्य राखेर सञ्चालन भएको छ। भने, बेलौरीलाई खेलमैत्री, सक्रिय र स्वास्थ्यपूर्ण नगर बनाउने उद्देश्य रहेको खेलप्रेमी शिक्षक तेज बहादुर चन्दले बताए।

अन्तिम अध्यावधिक: १६ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस