सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

होमपेज / अर्थ /
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • रेडियो सुदूर सञ्चार
  • १६ मंसिर २०८२ (१ महिना अघि)
  • २१६

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तीन सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको दुई हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार पाँच सय ३५ रुपैयाँ थियो ।

अन्तिम अध्यावधिक: १६ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस