८०० रुपैयाँले बढ्यो सुनको भाउ, तोलाको कति?

होमपेज / अर्थ /
८०० रुपैयाँले बढ्यो सुनको भाउ, तोलाको कति?
  • रेडियो सुदूर सञ्चार
  • १७ मंसिर २०८२ (१ महिना अघि)
  • १२१

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ आज तोलामा एक सय १० रुपैयाँले बढेको छ । चाँदी आज एक सय १० रुपैयाँले बढेर तोलाको तीन हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तीन हजार पाँच सय ४५ रुपैयाँ थियो ।

अन्तिम अध्यावधिक: १७ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस