निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुग्यो

होमपेज / मुख्य समाचार / राजनीति /
निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुग्यो
  • रेडियो सुदूर सञ्चार
  • १७ मंसिर २०८२ (१ महिना अघि)
  • १७०

दर्ता भएका दलको सूचीको पहिलो नम्बरसँगै दर्ता नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने सूचीको अन्तिम तथा दर्ता नम्बर २३० मा जनअधिकार पार्टी रहेको छ ।

नारायणमान बिजुक्छे अध्यक्ष रहेको नेमकिपा २०७३ मंसिर ३० मा दर्ता भएको हो भने शरदसिंह यादव संयोजक रहेको जनअधिकार पार्टी सबैभन्दा अन्तिममा यहीँ मंसिर १४ गते दर्ता भएको हो ।

गत भदौ २३ र २४ गते भन्दा अघिसम्म १२२ दलको दर्ता कायम रहेकोमा त्यसपछि नयाँ दल दर्ता, दल एकीकरण तथा दल खारेजसमेत गरेर १४३ पुगेको आयोगले जनाएको हो । जसमा २५ वटा नयाँ दल दर्ता भएका छन् भने ४ वटा पुराना दल एक आपसमा एकीकरण भएका छन् ।

एकीकरण हुनेमा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, नेकपा (समाजवादी) र नेकपा माओवादी समाजवादीसहित ५ दल मिलेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । नेकपा बन्दा ५ दल खारेज थप एक दल बनेको छ ।

अन्तिम अध्यावधिक: १७ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस