चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
पोखराको जितमा एडम वासिंटनले सर्वाधिक ६५ रन बनाए । उनले ४८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । एडमले अर्जुन कुमालसँग पहिलो विकेटका लागि सय रनको साझेदारी गरेका थिए । अर्जुन ४३ रनमा अविजित रहे ।
कप्तान कुशल भुर्तेल ४ रनमा आउट हुँदा जेशन रोय ६ रनमा अविजित रहे । बलिङमा चितवनका सैफ जैइव र रिजन ढकालले एकएक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो । चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए ।
अल्पेश रामजानी ३३, डेविड मलान ५, अर्जुन साउद १, रवि बोपारा १, सैफ जैइव १७, कप्तान कुशल मल्ल २३ रनमा आउट भए । कमलसिंह ऐरी २ रनमा अविजित रहे । बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ३ विकेट लिए । विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एकएक विकेट लिए।