राष्ट्रका होनहार खेलाडी करन पालमाथि भएको कुटपिटको घोर भत्सर्ना

होमपेज / खेलकुद / दुर्घटना / समाज /
दाेषीलाई कार्वाही र पीडितलाई न्यायकाे माग
राष्ट्रका होनहार खेलाडी करन पालमाथि भएको कुटपिटको घोर भत्सर्ना
  • रेडियो सुदूर सञ्चार
  • २१ मंसिर २०८२ (७ महिना अघि)
  • ४८६

बेलाैरी, कञ्चनपुर -

बेलौरीको खुलामञ्चमा जारी वडा-स्तरीय मेयर कप फुटबल प्रतियोगितामा खेलाडीमाथि भएको सांघातिक आक्रमणप्रति कञ्चनपुर जिल्ला फुटबल संघले आपत्ति जनाएको छ।

संघका अध्यक्ष गणेश बहादुर चन्दले शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रका होनहार खेलाडी करन पालमाथि खेल मैदानमै भएको कुटपिटको घोर भत्सना गर्दै घटनाकाे छानबिन गरी दाेषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन्।

अध्यक्ष चन्दले घटना प्रति चिन्ता व्यक्त गर्दै भने- “ यस्ता घटनाकाे जिम्मेवारी आयोजक र पीडकले लिनुपर्छ।” १५ गतेदेखि सञ्चालित मेयर कप प्रतियोगितामा बिहीबार वडा नं. १० र १ बीच दोस्रो हाफमा ‘हेण्ड बल’ को विवादपछि उक्त घटना निम्तिएकाे जनाइएको छ।

आक्रमणमा पालको आँखा र नाकको हड्डी भाँचिएकाे मेडिकल रिपोर्टमा उल्लेख छ भने गम्भीर चाेट लागेका पालकाे माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।

अप्रत्याशित घटनामा चिन्ता व्यक्त गर्दै प्रतियोगिताको फाइनल खेल समेत स्थगित गरिएकाे आयोजकले जनाएको छ । बेलाैरी नगर खेलकुद समिति अध्यक्ष रामेश्वर न्याैपानेले घाइते एक हाेनहार खेलाडी करन भाइको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, घटनाकाे छानबिन गरी "दाेषीलाई कार्वाही र पीडितलाई न्याय" काे पक्षमा रहेको विश्वास व्यक्त गरे।,

अन्तिम अध्यावधिक: २१ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस