'बिग बोस १९' को ग्रान्ड फिनाले आज, कसले जित्ला उपाधि?

होमपेज / मनोरंजन /
'बिग बोस १९' को ग्रान्ड फिनाले आज, कसले जित्ला उपाधि?
  • रेडियो सुदूर सञ्चार
  • २१ मंसिर २०८२ (३ महिना अघि)
  • १८९

बलिउड अभिनेता सलमान खानले संचालन गर्ने चर्चित रियालिटी शो 'बिग बोस १९' को ग्रान्ड फिनाले आज हुँदैछ।

गत अगस्ट २४ मा सुरू भएको यो शो तीन महिना लामो उतारचढाव र प्रतिस्पर्धापछि अन्तिम चरणमा पुगेको हो। फिनालेमा गौरव खन्ना, प्रणित मोरे, फरहाना भट्ट, अमाल मलिक र तान्या मित्तल प्रतिस्पर्धामा छन्। यी पाँच जनामध्ये एक जनाले उपाधि जित्नेछन्।

राति ९ः०० बजे 'जिओ हटस्टार' मा र १०ः३० बजे 'कलर्स टिभी' मा फिनाले प्रसारण हुनेछ। दर्शकहरूले एपमार्फत गर्ने नियमित भोटिङ बिहान १० बजे नै बन्द भइसकेको छ। यद्यपि, टप २ फाइनलिस्ट घोषणा भएपछि विजेता चयन गर्न १० देखि १५ मिनेटको लागि लाइभ भोटिङ खुला गरिने जनाइएको छ।

यस सिजनको विजेताले ५० देखि ५५ लाख भारू नगद पुरस्कार पाउने जनाइएको छ। साथै, विजेताले हिरा जडित ट्रफी समेत प्राप्त गर्नेछन्। यसमा सलमान खानको चर्चित ‘नमस्ते’ मुद्रा (हात जोडेको) अंकित गरिएको छ। 

फिनालेमा बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री अनन्या पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।

उनीहरू डिसेम्बर २५ मा रिलिज हुने आफ्नो फिल्म 'तू मेरी मैं तेरा मैं तेरा तू मेरी' को प्रचारका लागि 'बिग बोस' को मञ्चमा देखिने भएका हुन्।

अन्तिम अध्यावधिक: २१ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस