११४ वटा दलले चुनावमा भाग लिने

होमपेज / राजनीति /
११४ वटा दलले चुनावमा भाग लिने
  • रेडियो सुदूर सञ्चार
  • २२ मंसिर २०८२ (१ महिना अघि)
  • १३१

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा १ सय १४ वटा दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।

१ सय २० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन दिएकामध्ये १ सय २ वटालाई एक्ला एक्लै र १२ वटालाई संयुक्त रूपमा प्रतिस्पर्धामा जाने गरी चुनाव चिह्न दिइएको आयोगले जनाएको छ ।

आयोगक अनुसार १२ वटा राजनीतिक दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिह्न प्रयोग गरी चुनावमा भाग लिनेछन् । यस आधारमा कूल १ सय ७ वटा चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।

चुनावका लागि १ सय २० निवेदन परेकोमा १३ वटा खारेज भएको छ । आयोगले प्रदान गरेका चुनाव चिह्नहरुमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी चुनाव चिह्न रहेका छन् । 

अन्तिम अध्यावधिक: २२ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस