७ उपसचिवसहित ५६ कर्मचारीको सरुवा, १२ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारी

होमपेज / मुख्य समाचार / मुख्य समाचार /
७ उपसचिवसहित ५६ कर्मचारीको सरुवा, १२ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारी
  • रेडियो सुदूर सञ्चार
  • २२ मंसिर २०८२ (१ महिना अघि)
  • १४२

७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारको निर्णय अनुसार ७ उपसचिव र ४९ शाखा अधिकृत गरेर ५६ जना कर्मचारीको सरुवा गरेको हो ।

७ जना उपसचिवको सरुवा गर्दा ३ जना उपसचिवलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने बाँकी १ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारीबाट अन्यत्र सरुवा गरिएको छ ।

यस्तै ४९ जना शाखा अधिकृतको सरुवा गर्दा ९ जनालाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने ७ जनालाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट हटाएर अन्यत्र सरुवा गरिएको छ ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस