सरकारले स्वीकार्‍याे ‘जेन–जी’ आन्दोलन

होमपेज / समाचार /
सरकारले स्वीकार्‍याे ‘जेन–जी’ आन्दोलन
  • रेडियो सुदूर सञ्चार
  • २४ मंसिर २०८२ (१ महिना अघि)
  • १५६

नेपाल सरकार र नवयुवाका प्रतिनिधिबीच औपचारिक सम्झौता हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार सम्झौताका लागि तयार भएको ड्राफ्टमा भदौ २३ र २४ गते भएको आन्दोलनलाई सरकारले जेनजी जनआन्दोलनका रूपमा स्वीकार गरिएको छ ।

सम्झौताको प्रस्तावमा पनि जेनजी जनआन्दोलन भनिएको छ । हस्ताक्षर समारोहबारे प्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकार राम रावलले सार्वजनिक गर्नुभएको सूचनामा ’जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ हुन लागेको जानकारी दिइएको छ ।

भविष्यमा आउने सरकारले पनि यो आन्दोलनको मर्म र उपलब्धि स्वीकार गरोस् भनेर जेनजी युवाहरूले सरकारसँग औपचारिक सम्झौताको माग गरिरहेका थिए । सँगसँगै यसलाई जनआन्दोलन भनेर सम्बोधन गर्दै लिखित दस्तावेजीकरण गर्नुपर्ने उनीहरूको माग थियो ।

गएको हप्ता युवाहरूले प्रधानमन्त्रीलाई भेटेर यथाशीघ्र सम्झौता टुङ्गो लगाइ हस्ताक्षर गर्न माग गरेका थिए ।

अन्तिम अध्यावधिक: २४ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस