काँग्रेस : कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि र राष्ट्रिय सभा आकांक्षीकाे टुङ्गो

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
प्रत्यक्ष तर्फ नेता विष्ट र उपाध्याय
काँग्रेस : कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि र राष्ट्रिय सभा आकांक्षीकाे टुङ्गो
  • रेडियो सुदूर सञ्चार
  • २५ मंसिर २०८२ (१ महिना अघि)
  • ७७१

चन्द्रिका चाैधरी/ बेलाैरी, कञ्चनपुर -

नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले आशन्न प्रतिनिधि तथा राष्ट्रिय सभा निर्वाचनका लागि आकांक्षीहरूको नाम टुंग्याएको छ।

क्षेत्रीय कार्यसमितिको आन्तरिक अभ्यासबाट प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका लागि छुट्टाछुट्टै नाम सिफारिस गर्दै अन्तिम सूची केन्द्रतर्फ पठाउने तयारी गरिएको हो।

राष्ट्रिय सभा तर्फ सिफारिस भएका युवा प्रखरवक्ता प्रकाश राज पन्तका अनुसार, यसपटकको छनोट प्रक्रिया केन्द्रले तोकेको स्पष्ट मापदण्डअनुसार अत्यन्त व्यवस्थित, पारदर्शी वातावरणमा सम्पन्न भएको छ।,

उनले भने, “पार्टीभित्र लामो समयदेखि योगदान पुर्‍याउँदै आएका नेताहरूलाई प्राथमिकता दिने केन्द्रको निर्देशिका स्वयं राम्रो अभ्यासका रूपमा अवलम्बन गरिएको हाे।, कसैलाई वञ्चित बनाउने होइन, योग्य व्यक्तित्वलाई अगाडि सार्नमै पार्टी नेतृत्वकाे ध्यान रह्यो ।” 

उनका अनुसार प्रतिनिधि सभा निर्वाचन (फागुन २१) का लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ नेता भरत विष्ट र क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्यायकाे नाम अघि सारिएको छ।

यस्तै, समानुपातिक सूचीमा महिला सहभागितालाई सुनिश्चित गर्न खिना भण्डारी र सगुना रानालाई सिफारिस गरिएको नेता पन्तले बताए।

राष्ट्रिय सभा निर्वाचन (माघ ११) का लागि स्वयं आफू र हरेन्द्र सिंह विष्टलाई अगाडि राखेर क्षेत्रीय कार्यसमितिले सिफारिस गरेको छ।,

पन्तले सिफारिस सूची अब जिल्ला कार्यसमिति हुँदै केन्द्रमा पठाइने जानकारी दिँदै भने, “निर्णय प्रक्रियामा कुनै मतभेद भएन, यो प्रक्रियाले पार्टीभित्र सहकार्य र संगठनात्मक शुद्धता दुवै बलियो बनाएको छ।” भने नेता र नेतृत्वमा विश्वास जागेको छ।

अन्तिम अध्यावधिक: २५ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस