चुनाव केन्द्रित परिचालनका लागि सशस्त्र प्रहरी तयार

होमपेज / समाचार /
चुनाव केन्द्रित परिचालनका लागि सशस्त्र प्रहरी तयार
  • रेडियो सुदूर सञ्चार
  • २६ मंसिर २०८२ (१ महिना अघि)
  • १४५

सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन परिचालन केन्द्रित नीति तर्जुमा गरेको छ । आज काठमाण्डौमा भएको पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलले आउँदो प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा कार्यमा आफ्नो परिचालन नीति तर्जुमा गरिएको जानकारी दिएको हो ।

सबै निर्वाचन क्षेत्रहरुमा तोकिएको जिम्मेवारीमा परिचालन गरिने, चुनावी सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षा निकायसँग समन्वयात्मक रूपमा परिचालित हुनेलगायत नीतिमा उल्लेख छ ।

सशस्त्र प्रहरी बलका सूचना अधिकारी एवम् प्रवक्ता डीआईजी मनिष थापाले चुनावको एक महिनाअघिदेखि नै आवश्यक बन्दोबस्तीका सामग्री तथा गाडीसहित खटिने बताउनुभयो ।

अन्तिम अध्यावधिक: २६ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस