धनगढी क्याम्पस चोकमा एनपिएलको लाइभ प्रसारण हुने

होमपेज / खेलकुद /
धनगढी क्याम्पस चोकमा एनपिएलको  लाइभ प्रसारण हुने
  • रेडियो सुदूर सञ्चार
  • २६ मंसिर २०८२ (१ महिना अघि)
  • १४९

धनगढी-८ क्याम्पस रोडमा एनपिएलको फाइनल खेलको लाइभ प्रसारण हुने भएको छ। एनपिएल पहिलो सिजनको समेत लाइभ प्रशारण गरेको मालिका कम्प्युटर्सले  शनिवार हुने फाइनल खेलको लाइभ देखाउने भएको हो।

शनिवार अपराह्न ३:३० देखि हुने सुदूरपश्चिम रोयल्स र लुम्बिनी लाइन्सबीचको खेलको प्रत्यक्ष प्रशारण देखाउने मालिका कम्प्युटर्सका सञ्चालक वीरेन्द्रप्रसाद भट्टराईले बताए। उनले जारी दोस्रो सिजनको अन्तिम खेलको सर्वसाधारणले हेर्न मिल्ने गरी लाइभ देखाउने व्यवस्था मिलाउने जानकारी दिए। सर्वसाधारणले नि:शुल्क रुपमा खेल हेर्न पाउनेछन्।

अन्तिम अध्यावधिक: २६ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस