रोहित पौडेलले जिते कार

होमपेज / खेलकुद /
रोहित पौडेलले जिते कार
  • रेडियो सुदूर सञ्चार
  • २७ मंसिर २०८२ (१ महिना अघि)
  • १८९

सुदूरपश्चिमलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको हो । प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल घोषित भएका छन् ।

रोहितले ओमोडा कार प्राप्त गरेका छन्  । रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भएका छन् । उनले १७ विकेट लिएका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भएका छन् । उनले ५ लाख रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने भए । उनले  पल्सर बाइक प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भएका छन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।

लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भए  । प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल घोषित भएका छन् । उनले पल्सर बाइक प्राप्त गरेका छन् । फाइनलको प्लेयर अफ द म्याच रुबेन ट्रम्पलमन घोषित भए ।

अन्तिम अध्यावधिक: २७ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस