लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जित्यो । लुम्बिनीले पहिलोपटक उपाधि जित्दा लुम्बिनीका खेलाडी शेर मल्लले भने दोस्रोपटक एनपीएलको उपााधि जिते ।
गत संस्करण जनकपुर बोल्ट्सबाट एनपीएलको उपाधि जितेका शेरले यसपटक लुम्बिनी लायन्सबाट उपाधि जिते ।
शेर मल्ल लुम्बिनीको उपाधि जितमा महत्वपूर्ण भूमिकामा रहे । उनले १७ विकेट लिएर संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडीका रूपमा रहे ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडीको अवार्ड पनि शेरले नै पाए । उनले पल्सर बाइक पुरस्कार पाए ।
शेरले नेपाल यू-१९ टिम र नेपाल ए टिमबाट समेत खेलिसकेका छन् । उनी यस सिजन लुम्बिनीका लागि एक्स फ्याक्टर प्लेअरका रूपमा रहे ।