भारतमा अछामका एक बालकको मृगौला झिकेको अवस्थामा श*व फेला

होमपेज / घटना /
भारतमा अछामका एक बालकको मृगौला झिकेको अवस्थामा श*व फेला
  • रेडियो सुदूर सञ्चार
  • २७ मंसिर २०८२ (३ महिना अघि)
  • १९६

भारतको पुणेमा अछामका एक बालकको अपहरणपछि मृगौला झिकेर हत्या गरिएको घटना सार्वजनिक भएको छ।

अछामको ढकारी  गाउँपालिका-२ फाटाबगर बस्ने डबले सार्कीका ११ वर्षीय छोरा प्रकाश सार्कीको अपहरणपछि मृगौला झिकेर हत्या गरिएको हो।

रोजगारीको सिलसिलामा पुणेस्थित हडपसर ससाने नगरमा बुवाआमासँगै बस्दै आएका प्रकाश बुधवार साँझ ६ बजेदेखि बेपत्ता भएका थिए।

प्रकाशको शव शुकवार बिहान उनको कोठा नजिकै रेलवेलाइनमा फेला परेको थियो। मृतक बालकको दुबै मृगौला निकालिएको अवस्थामा शव फेला परेको हो। पुणेस्थित नेपाली समुदायले घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरिएको छ।

अन्तिम अध्यावधिक: २७ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस