स्कुल बसको ठक्करबाट ८ वर्षीय बालकको मृ*त्यु

होमपेज / समाचार /
स्कुल बसको ठक्करबाट ८ वर्षीय बालकको मृ*त्यु
  • रेडियो सुदूर सञ्चार
  • १ पुष २०८२ (४ हप्ता अघि)
  • ३४१

कैलालीमा स्कुल बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको छ।

जिल्लाको घोडघोडी नगरपालिका-२ घोडाघोडी नगर अस्पताल नजिक भित्री सडक खण्डमा सोही ठाउँको साडेपानी बस्ने ५७ वर्षीय भागी राम चौधरीले चलाएको म.प्र.०३–००१ क २९४१ नम्बरको सनराईज बोडिङ स्कुल बौनिया, कैलालीको बसले सोही बोडिङ स्कुलको कक्षा १ मा अध्यनरत सोही ठाउँ बस्ने ८ वर्षीय बालक गोबिन्द बिष्टलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

बिष्टलाई स्कुल बिदा भई घरतर्फ छोड्ने क्रममा घरदेखि अन्दाजी ३०० मिटर टाढा पुर्व उत्तरमा बसबाट झर्ने क्रममा सोही बसको ठक्करबाट घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ। बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको र सो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

अन्तिम अध्यावधिक: १ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस