सुदूरपश्चिम महोत्सव चार दिन थप, पुस ६ सम्म सञ्चालन हुने

होमपेज / मुख्य समाचार / समाचार /
सुदूरपश्चिम महोत्सव चार दिन थप, पुस ६ सम्म सञ्चालन हुने
  • रेडियो सुदूर सञ्चार
  • १ पुष २०८२ (७ महिना अघि)
  • ३१३

धनगढीमा मंसिर २२ गतेदेखि जारी सुदूरपश्चिम महोत्सव चार दिन थप गरी सञ्चालन गरिने भएको छ। अब महोत्सव पुस ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

महोत्सवप्रति दर्शकको उल्लेख्य सहभागिता र माग बढ्दै गएपछि अवधि थप गर्ने निर्णय गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाले बताए। महोत्सवमा सुदूरपश्चिमका स्थानीय उत्पादन, कृषि सामग्री, हस्तकला, घरेलु उद्योगका सामग्री तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शनीमा राखिएको छ।

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुँदै आएका र सुरक्षाको व्यवस्थालाई पनि थप कडा पारिएको आयोजकले जनाएको छ। 

अन्तिम अध्यावधिक: १ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस