रवि लामिछानेलाई छाड्न उच्च अदालतको आदेश

होमपेज / मुख्य समाचार /
भाेली (शुक्रबार) रिहा हुदै
रवि लामिछानेलाई छाड्न उच्च अदालतको आदेश
  • रेडियो सुदूर सञ्चार
  • ३ पुष २०८२ (४ हप्ता अघि)
  • १६२

तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले आज लामिछानेलाई धरौटीमा छाड्न आदेश गरेको हो । उच्च अदालतले बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ। धरौटी बराबरको रकम बुझाएपछि लामिछाने थुनामुक्त हुनेछन् ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउने यसअघिको आदेश बदर गर्दै धरौटीमा रिहा गर्ने आदेश गरेको हो। स्रोतका अनुसार लामिछाने अहिले नख्खु कारागारमा रहेका छन् उनी भाेली (शुक्रबार) दिउँसो रिहाहुने छन्।

यसैबीच तुलसीपुर उच्च अदालत, बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गर्दा उनीसँगै प्रतिवादी बनेका पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी भने थुनामै रहने भएका छन् ।

जोशीको धरौटी बराबरको रकम राखेर रिहा हुने निवेदन रितपूर्वक पेस नभएको भन्दै अदालतले जाेशीलाई पनि निवेदन पेस गरेमा निर्णय हुने आदेशमा भनिएको छ ।

अन्तिम अध्यावधिक: ३ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस