रजनीकान्तको जेलर २ सिक्वेलमा विद्या बालन अनुबन्धित

होमपेज / मनोरंजन /
रजनीकान्तको जेलर २ सिक्वेलमा विद्या बालन अनुबन्धित
  • रेडियो सुदूर सञ्चार
  • ४ पुष २०८२ (४ हप्ता अघि)
  • १६५

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म जेलर बक्स अफिसमा ठूलो सफलता प्राप्त गर्दै विश्वव्यापी रूपमा ६०५–६५० करोड रुपैयाँको कमाइ गर्न सफल भएको थियो । निर्देशक नेल्सन दिलीपकुमारले निर्देशन गरेको यो फिल्म कलिउडको सबैभन्दा सफल फिल्महरूमध्ये एक बनेको छ ।

पहिलो भागको  सफलतापछि, निर्माताहरूले अब जेलर २ निर्माण गर्ने घोषणा गरेका छन् । भारतीय मिडिया पिङ्कभिलाका अनुसार,  बलिउड अभिनेत्री विद्या बालनले सिक्वेलको कास्टमा आधिकारिक रूपमा सामेल भई स्क्रिप्टबाट प्रभावित भएको बताएकी छिन् ।

यस फिल्ममा अभिनेत्री विद्याको पात्रा महत्त्वपूर्ण र बहुआयामिक भूमिकाले कथामा  ट्विस्ट ल्याउने अनुमान गरेको छ ।

निर्माताहरूले बिदाको सप्ताहन्तको फाइदा उठाउँदै ठूलो पर्दामा प्रदर्शन गर्ने योजना बनाएका छन् र सम्भावित  १४ अगस्ट २०२६ का लागि रिलिज मिति तय गरिएको छ । यस अघिको भाग पनि अगस्टमै  रिलिज भएको थियो ।

बलियो कास्ट, नयाँ पात्र र रोचक कथासहित, दुनियाँभरका दर्शकहरू जेलर २ को प्रतीक्षामा छन् । फिल्मले के कस्तो प्रदर्शन गर्छ भन्ने कुरा चलचित्र प्रेमीहरूको लागि ठूलो उत्साहको विषय बन्ने निश्चित छ ।

अन्तिम अध्यावधिक: ४ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस