राष्ट्रियसभा चुनावका लागि मतदाताको प्रारम्भिक नामावली सार्वजनिक

होमपेज / राजनीति /
राष्ट्रियसभा चुनावका लागि मतदाताको प्रारम्भिक नामावली सार्वजनिक
  • रेडियो सुदूर सञ्चार
  • ९ पुष २०८२ (३ हप्ता अघि)
  • १६०

निर्वाचन आयोगले आउँदाे माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि मतदाताको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । आयोगले आज आफ्नो वेबसाइटमा मतदाताको नामावली प्रकाशन गरेको हो ।

आयोगले प्रदेशसभा सदस्य ५ सय ४३ जना र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका मेयर/उपमेयर १ हजार ४ सय ९८ जना गरि कुल २ हजार ४३ मतदाताको नामावली सार्वजनिक गरेको छ ।

स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यमध्ये अदालतको आदेश बमोजिम पदमुक्त भएका १ जना र निलम्बनमा परेका ४ जना गरि ५ तथा पालिकाका पदाधिकारीमध्ये निधन भएका १ जना र निलम्बनमा रहेका ७ जना गरि ८ मतदाताको नामावली समावेश नभएको आयोगले जनाएको छ ।

पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने पनि आयोगले जनाएको छ । यस्तै आयोगले राष्ट्रियसभा सदस्य चुनावका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासहित निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

अन्तिम अध्यावधिक: ९ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस