मोटरसाइकल दु*र्घट*नामा क्रिकेटर मिनष थापाको मृ*त्यु

होमपेज / खेलकुद /
मोटरसाइकल दु*र्घट*नामा क्रिकेटर मिनष थापाको मृ*त्यु
  • रेडियो सुदूर सञ्चार
  • १० पुष २०८२ (३ हप्ता अघि)
  • १९२

मोटरसाइकल दुर्घटनामा परेर क्रिकेट खेलाडी मिनष थापाको मृत्युु भएको छ । आज बिहान मोरङको विराटनगर महानगरपालिका ४ मा २७ वर्षीय थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति १ बजेतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याउँदै गर्दा डाक्टरले मृत घोषणा गरेका थिए ।

उनले विराटनगरबाट पोखरा प्रिमियर लिगसँगै कोशी प्रदेशबाट अन्य फ्रेन्चाइज लिग खेलेका छन् । थापाको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान) का महासचिव पारस खड्काले गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै थापालाई कोशी प्रदेशको एक ‘कुशल तथा अत्यन्त प्रतिभाशाली’ खेलाडीको रूपमा स्मरण गरेका छन् ।

अन्तिम अध्यावधिक: १० पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस