निड्स नेपाल : बेलाैरीमा नेपकाेन र लाइसेड परियोजनाकाे उत्कृष्ट कार्य, निरन्तरतामा जाेड

होमपेज / मुख्य समाचार / समाचार / समाज /
आत्मनिर्भरता र सामाजिक समावेशीकरणमा महत्त्वपूर्ण योगदान
निड्स नेपाल : बेलाैरीमा नेपकाेन र लाइसेड परियोजनाकाे उत्कृष्ट कार्य, निरन्तरतामा जाेड
  • शीतल भट्ट
  • १३ पुष २०८२ (३ हप्ता अघि)
  • ३७१

शीतल भट्ट / बेलाैरी, कञ्चनपुर —

बेलौरीमा निड्स नेपाल अन्तर्गत सञ्चालित नेपकाेन (NEPCON) र लाइसेड (LICED) परियोजनाले समुदायमा सञ्चालन गरेका विभिन्न गतिविधिहरूको संयुक्त अनुगमन गरिएको छ।

आइतबार स्थानीय सरकार, निड्स नेपाल र सराेकारवालाहरुको सहभागितामा बेलाैरी नगरपालिका वडा नम्बर ५ र ९ मा संयुक्त अनुगमन गरिएको हाे।

उक्त परियोजनाले वर्ष २०२५ अवधिभर सञ्चालन गरेका कार्यक्रमहरूको प्रभावकारिता, उपलब्धीको अध्ययन अवलोकन र समिक्षा गरिएको थियो।

यसअघि लुथरन विश्व फेडेरेशन (LWF) र राष्ट्रिय वातावरण तथा समविकास समाज (NEEDS) नेपालको साझेदारीमा वडा नम्बर २, ३, ४, ५ र ९ मा सञ्चालन भइरहेका कार्यक्रमहरूको समेत अवलोकन गरिएको जनाइएको छ।

‘समुदाय सशक्तिकरण तथा विकासका लागि स्थानीय पहल (LICED)’ परियोजना र जर्मनीको आर्थिक सहयोगमा NEEDS नेपाल तथा विकास अभियान नेपालसँगको सहकार्यमा वडा नम्बर ५ र ९ मा सञ्चालन भइरहेको ‘विपन्न परिवारको लैङ्गिक तथा समतामूलक सहभागिता प्रबर्द्धन तथा सामाजिक–आर्थिक जीवनयापन सहयोग (NEPCON)’ परियोजनाका विविध गतिविधिहरूमा टोलीले ध्यान केन्द्रित गरेको थियाे।

अनुगमन टोलीले सृजनशिल महिला दुना–टपरी उद्योग, बाख्रा पालन, कुखुरा पालन, माछापालन, गड्यौला उत्पादन, सिलाइ–कटाइ लगायतका आयमूलक कार्यक्रमको अवलोकन तथा समिक्षा गर्दै समुदायमा प्रत्यक्ष लाभ पुगेको उल्लेख गरेको छ।

यससँगै जननमुना माध्यमिक विद्यालय रामनगरमा खानेपानी, सरसफाइ, बाल संरक्षण, लैङ्गिक समावेशी शिक्षा, महिला सशक्तिकरण र सामाजिक समावेशीकरण सँग सम्बन्धित गतिविधि साथै पूर्वाधारको स्थलगत अवलोकन गरिएको थियो।

LICED परियोजनाले जलवायु अनुकूलन अभ्यासमार्फत सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका समुदायहरूको आयवृद्धि, रोजगारी सिर्जना र खाद्य–पोषण सुरक्षा सुनिश्चित गर्ने लक्ष्य लिएको छ।

यसैगरी, NEPCON परियोजनाले साना किसानहरूको क्षमता अभिवृद्धि गर्दै आय–आर्जनमा सुधार ल्याउने, समुदाय र विद्यालयमा सुरक्षित खानेपानी तथा सरसफाइ प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, साथै विद्यालयस्तरमा बाल संरक्षण र लैङ्गिक समावेशी शिक्षामा सुधार ल्याउनमा जोड दिएको छ।

NEPCON परियोजना कार्यक्रम संयोजक प्रेम बहादुर लुहारले अनुगमन कार्यक्रममा भने, “हामीले समावेशी र सुदृढीकरणका कार्यलाई निरन्तर अघि बढाइरहेका छौँ। यस अन्तर्गत सीप विकास गर्ने, नागरिक समाजमा पैरवी क्षमता अभिवृद्धि गर्ने, साथै लक्षित समुदायमा दीगो सामाजिक परिवर्तन ल्याउने कार्यक्रमहरू निरन्तर सञ्चालनमा छन्।

हाम्रो उद्देश्य समुदायमा स्वयं-सहायता र सामाजिक सुरक्षा प्रवद्र्धन गर्नु हो, जसले दीर्घकालीन रूपमा सबै वर्गका मानिसहरूलाई प्रत्यक्ष लाभ पुर्‍याओस्।”

त्यस्तै, LICED परियोजना संयोजक कविता रोकायाले - “समुदायमै रोजगारी र आत्मनिर्भरता बढाउने उद्देश्यका साथ विभिन्न वडाहरूमा आयआर्जनमुखी तथा जीवनस्तर उकास्न सहयोगी कार्यक्रम सञ्चालन गरि रहेको बताइन्।,

यसकाे प्रत्यक्ष लाभ समुदायले पाउँदै आएको देखेर हामी उत्साहित छौँ। राेकायाले भनिन् , सहभागीहरूलाई सीप र स्रोतसँग जोडेर आत्मनिर्भर बनाउनु हाम्रो प्राथमिकता हो।,

यसरी समुदायले आफ्नो जीवनस्तर सुधार गर्न सक्ने अवसर पाएको छ, र यसले सामाजिक समावेशीकरणमा समेत महत्वपूर्ण भूमिका खेलेको छ।”

अनुगमन टोलीका सदस्यहरूले कार्यक्रममा उपस्थित भएर कार्यक्रमहरूको स्वामित्व र स्थायित्व समुदायमै बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा अझ परिणाममुखी र दीगो ढंगले अघि बढाउन सुझाव दिएका छन्। संयुक्त अनुगमनबाट प्राप्त सुझाव, प्रतिक्रिया र अवलोकनका आधारमा कार्यक्रमहरूलाई अझ व्यवस्थित, लक्षित र प्रभावकारी बनाइने निड्स नेपाल बेलाैरीले जनाएको छ।

कार्यक्रमबारे बेलौरी नगर उप–प्रमुख जोगराम चौधरीले भने, “यस्ता परियोजनाले समुदायको आत्मनिर्भरता, क्षमता अभिवृद्धि र सामाजिक समावेशीकरणमा ठुलो योगदान पुर्‍याइरहेका छन्। हामी स्थानीय सरकारको तर्फबाट यसलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता राख्छौँ। यसले समुदायमा दीगो सुधार र जीवनस्तर उकास्न सहयोग पुर्‍याउने विश्वास छ।”

यस्तै बेलाैरी प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकीले पनि कार्यक्रमको महत्वमा जोड दिँदै भने, “सञ्चालित कार्यक्रमहरूले लक्षित समुदायको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याएको छ। यसलाई अझ व्यवस्थित र दीगो बनाउन स्थानीय सरकार र परियोजनाका साझेदारहरू मिलेर काम गर्नेछौँ। हामी दीगो परिवर्तन सुनिश्चित गर्न थप पहल गर्ने विश्वास व्यक्त गर्दछौँ।” उनलेे भने, यहाँहरुकाे कार्य गर्ने शैली देखेर म निकै प्रभावित भए।, 

NEPCON परियोजना कार्यक्रम संयोजक प्रेम बहादुर लुहारले पुनः औंल्याउँदै भने, “हामीले समुदाय र विद्यालयस्तरमा आय–आर्जन, सुरक्षित खानेपानी, सरसफाइ र बाल संरक्षणमा सुधार ल्याउन निरन्तर काम गरिरहेका छौँ।

सहभागी समूह तथा समुदायले प्रत्यक्ष लाभ पाइरहेका छन्, र आगामी दिनमा अझ प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्य लिएका छौँ।, हाम्रो दृष्टिकोण दीगो विकास, सामाजिक समावेशीकरण र समुदायको आत्मनिर्भरता सुदृढ पार्न केन्द्रित छ।”

अनुगमनमा सहभागी अन्य सदस्यहरूमा निड्स नेपाल सह–कार्यकारी निर्देशक प्रकाश चन्द्र मडै, उद्यम विकास शाखा सदस्य राजेन्द्र बहादुर सिंह, बेलौरी नगरपालिका रोजगार संयोजक नरेश प्रसाद भट्ट, निड्स नेपाल पूर्व स.सचिव शारदा जोशी, सिता चौधरी र अशोक चौधरी रहेका थिए।

संयुक्त अनुगमन टाेलीद्वारा नेपकाेन र लाइसेड परियोजनाले लक्षित समुदायको जीविकोपार्जन, सरसफाइ, सामाजिक समावेशीकरण, सीप विकास र दीगो सामाजिक परिवर्तनमा उल्लेख्य योगदान पुर्‍याएको पुष्टि गरिएको छ।,

अनुगमनपछि उक्त परियोजनाले सहभागीहरुलाई मायाकाे चिनाे समेत प्रदान गरेको थियो।

अन्तिम अध्यावधिक: १४ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस