निड्स नेपाल : महिला तथा किशोरीहरुको अर्थपूर्ण सहभागिता विषयक समीक्षा गोष्ठी

होमपेज / विविध / समाचार /
महिलाले गर्नुपर्ने काम पुरुषले गर्दा फरक पर्दैन : वि.क
निड्स नेपाल : महिला तथा किशोरीहरुको अर्थपूर्ण सहभागिता विषयक समीक्षा गोष्ठी
  • शीतल भट्ट
  • १६ पुष २०८२ (२ हप्ता अघि)
  • १८५

बेलौरी, कञ्चनपुर —

बुधबार बेलाैरीमा निड्स नेपालको आयोजना र मानवीय सहायता साझेदारी मञ्चको आर्थिक सहयोगमा विपद् पूर्वतयारी तथा अग्रिम कार्यमा महिलाहरुकाे अर्थपूर्ण सहभागिता विषयक एकदिने समीक्षा गाेष्ठी सम्पन्न भएको छ।

विपद् आउनुअघि जोखिम पहिचान, पूर्वसूचना प्रणालीको प्रभावकारी प्रयोग, समुदायस्तरको तयारी तथा महिला र किशोरीलाई नेतृत्वदायी भूमिकामा सहभागी गराउने उदेश्य सम्बन्धी समीक्षा गाेष्ठी सम्पन्न भएको हाे ।

“महिला तथा किशोरीकाे सक्रिय सहभागीता औपचारिक मात्र नभई निर्णायक स्तरको हुनुपर्छ” — प्रेम विक

निड्स नेपालअन्तर्गत सञ्चालित नेपकाेन परियोजनाका प्रमुख प्रेमबहादुर वि.कले महिलालाई विपद् व्यवस्थापनको अविच्छिन्न अंग मान्दै भने, “विपद् आउनुअघि नै जोखिम पहिचान र पूर्वतयारी गर्न सके जनधनको क्षति धेरै हदसम्म न्यून पार्न सकिन्छ।

यस प्रक्रियामा महिला र किशोरीको सक्रिय सहभागिता औपचारिक मात्र नभई निर्णायक स्तरको हुनुपर्छ,”। उनले थपे - “घरदेखि भान्सा सम्म महिलाले गर्नुपर्ने काम पुरुषले गर्दा फरक पर्दैन।, हामीले सकारात्मक साेच संगै समाज रुपान्तरण गर्नुपर्छ।,

उनका अनुसार परियोजनाले समुदायस्तरमै आधारित रही महिला र किशोरीलाई पूर्वसूचना, सचेतना र संकट व्यवस्थापनका व्यवहारिक सीपहरूमा सक्षम बनाउन काम गरिरहेको छ।

“पूर्वतयारी नै प्रभावकारी विपद् व्यवस्थापनको आधार” — उपप्रमुख चौधरी

कार्यक्रमका प्रमुख अतिथि तथा बेलौरी नगरपालिका उपप्रमुख जोगराम चौधरीले विपद् व्यवस्थापनलाई स्थानीय सरकारको प्राथमिक एजेन्डाका रूपमा अघि बढाइएको उल्लेख गर्दै भने, “विपद् व्यवस्थापन केवल उद्धार र राहतमै सीमित छैन, पूर्वतयारी नै सबैभन्दा प्रभावकारी र दीगो माध्यम हो।,

समुदायको मेरुदण्डसमेत रहेका महिलाको सक्रिय भूमिका विना समावेशी र दिगो विपद् व्यवस्थापन सम्भव हुँदैन,” उनले स्पष्ट पारे।,

उपप्रमुख चौधरीले नगरपालिका विपद् जोखिम न्यूनीकरण तथा अग्रिम तयारीलाई संस्थागत रूपमै सुदृढ बनाउन आवश्यक सहयोग र समन्वय जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।,

गोष्ठीमा विपद् पूर्वानुमान, समयमै सूचना प्रवाह, जोखिम न्यूनीकरण अभ्यास, राहत तथा पुनर्स्थापनाका प्रक्रियामा महिलाको सहभागिता, र स्थानीय तहबीचको समन्वय जस्ता विषयमा समूहगत छलफल गरिएको थियो।

यो निड्स नेपालकाे कार्यक्रम कैलाली, कञ्चनपुर र बर्दिया जिल्लामा सञ्चालित परियोजनासँग समायोजन गर्दै सञ्चालन गरिएको जनाइएको छ।

कार्यक्रममा नगर उपप्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर बुढाथोकी, विपद् फाेकल पर्सन अशोक पाण्डेय, शिक्षा शाखा प्रमुख अमित भट्टराई, यस्तै वडाध्यक्षहरू, कार्यपालिका सदस्य, शाखा प्रमुख, सञ्चारकर्मी तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो।

कार्यक्रमको सहजीकरण निड्स नेपालका प्रतिनिधि अशोक चौधरीले गरेका थिए। भने, सहभागीहरूले महिला तथा किशोरीलाई अग्रपंक्तिमा राखी अग्रिम कार्य र विपद् व्यवस्थापन प्रक्रिया अझ संस्थागत रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायहरूलाई सुझाव दिएका छन्।

अन्तिम अध्यावधिक: १६ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस