कञ्चनपुर –३ मा रास्वपाबाट ज्ञानेन्द्र सिंह महता सर्वसम्मत सिफारिस

होमपेज / राजनीति / समाचार /
पुरानो राजनीतिक प्रवृत्ति विरुद्ध निर्णायक विकल्प
कञ्चनपुर –३ मा रास्वपाबाट ज्ञानेन्द्र सिंह महता सर्वसम्मत सिफारिस
  • रेडियो सुदूर सञ्चार
  • २२ पुष २०८२ (१ हप्ता अघि)
  • १३८

कञ्चनपुर -

दशकौँदेखि सत्तामा पुगे पनि जनताको जीवन नफेर्ने पुरानो राजनीतिक प्रवृत्तिविरुद्ध निर्णायक विकल्प प्रस्तुत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट ज्ञानेन्द्र सिंह महतालाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ।

कञ्चनपुरस्थित पार्टी कार्यालयमा निर्वाचन क्षेत्र नम्बर ३  समिति सभापति कर्ण बहादुर चन्दको सभापतित्वमा बसेको निर्वाचन क्षेत्र समिति, पालिका सभापति तथा केन्द्रीय नेताहरूको संयुक्त बैठकले कुनै मतभेदबिना महतालाई एकल सिफारिस गरेको हो। 

पार्टी संगठन निर्माणदेखि नीति निर्माणसम्म प्रभावकारी भूमिका खेलेका महताले  सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा पारदर्शी, उत्तरदायी र जनमुखी नीति आवश्यक रहेको भन्दै निरन्तर बहस गर्दै आएका छन्।

यही अनुभव, सामाजिक प्रतिबद्धता र जनसरोकारप्रतिको निष्ठाका आधारमा पार्टीले कञ्चनपुर–३ मा परिवर्तन, सुशासन र जवाफदेही राजनीतिको बलियो उम्मेदवारका रूपमा महतालाई अघि सारेको जनाएको छ।

सुदूरपश्चिम प्रदेशका पूर्व इन्चार्ज तथा विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका केन्द्रीय सचिव महता सधैँ जनताको बीचमा उभिने र जनताकाे आवाज बाेल्ने प्रष्ट वक्ता रूपमा चिनिन्छन्।

लामो समयदेखि सञ्चार र सामाजिक अभियानमार्फत राज्यले बेवास्ता गर्दै आएको सुदूरपश्चिमको आवाज राष्ट्रिय बहसको केन्द्रमा पुर्‍याउँदै आएका महता जवाफदेही शासन, पारदर्शी नीति र प्रविधिमैत्री राज्यका स्पष्ट पक्षधर हुन्। 

शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, नागरिक अधिकार र सामाजिक न्यायका क्षेत्रमा उनले बोलेका मात्र होइन, व्यवहारमै काम गरेर देखाएका छन्।

संकटका बेला क्यामेरा खोज्ने होइन, पीडित खोज्ने नेतृत्व आवश्यक छ भन्ने उनको आचरणले राजनीतिलाई सेवासँग जोडेको स्थानीयहरूको भनाइ छ।

युवालाई अवसर, सीप र भविष्यसँग जोड्न नसक्ने राज्यप्रणाली असफल भएको ठहर गर्दै महताले पुस्तान्तरण मात्र होइन, प्रणालीगत सुधारको एजेन्डा अघि सारेका छन्।

रास्वपाले महताको उम्मेदवारीलाई पुरानो शक्ति–केन्द्रित राजनीति, भ्रष्टाचारको मौन सहमति र चुनावपछि हराउने प्रतिनिधित्वमाथिको सीधा चुनौतीका रूपमा व्याख्या गरेको छ।

पार्टीका अनुसार कञ्चनपुर–३ मा अब ‘कसको पालो’ होइन, ‘कस्तो राजनीति’ भन्ने प्रश्नको जवाफ खोजिँदै छ। प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका महताले“यो चुनाव केवल सांसद छान्ने प्रक्रिया होइन, सन्ततिकाे भविष्य छान्ने निर्णय हो।

डर, दबाब र पुराना भ्रम तोड्ने हिम्मत गरौँ। यदि तपाईं संसदमा आफ्नो आवाज चाहनुहुन्छ, यदि तपाईले तिरेकाे  करकाे पैसाले तपाईंको जीवन बदल्न प्रयोग भएको देख्न चाहनुहुन्छ भने परिवर्तनको पक्षमा उभिनुहोस्।

म सत्ताको प्रतिनिधि बन्न होइन, तपाईंहरूको प्रतिनिधि बन्न मैदानमा उत्रिएको हुँ।”राष्ट्रिय स्वतन्त्र पार्टीले कञ्चनपुर–३ का सचेत नागरिकलाई यस निर्वाचनलाई मौन असन्तुष्टिको होइन, स्पष्ट परिवर्तनको जनमत बनाउने अवसरका रूपमा लिन आह्वान गरेको छ।

सञ्चार क्षेत्रमा रहदा भ्रष्टाचार,विकृति,विसंगति, अन्याय र अत्याचार विरूद्ध कलम चलाएका महता निडर र स्वाभीमानी पत्रकारका रूपमा समेत परिचित व्यक्ति हुन्।

अन्तिम अध्यावधिक: २२ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस