बेलौरी, कञ्चनपुर —
बेलौरी नगरपालिका–५, भुकुण्डास्थित श्री कालेश्वर आधारभूत विद्यालय विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको छ। पुस २१ गते सम्पन्न अभिभावक भेलाले शंकरु रानाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो।
समिति पुनर्गठनपछि बसेको पहिलो बैठकले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा समुदाय–विद्यालय सहकार्यलाई सुदृढ बनाउने निर्णय गरेको अध्यक्ष रानाले बताए।
समिति सदस्यहरुमा बिमला राना, ज्योती कुमारी चौधरी, इन्द्र कुमार राना, राममिलन राना, कन्हैया राना, जनेउमती राना र रामदुलारे चौधरी सदस्य चयन भएका छन्। भने प्रधानाध्यापक तुलाधर साउँद सदस्य सचिव रहनेछन्।
बैठकमा नयाँ समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै अभिभावक समेतको सक्रिय सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।
विद्यालयले विद्यार्थीमैत्री शैक्षिक वातावरण निर्माणलाई प्राथमिकता दिने जनाएको छ।