बेलौरी, कञ्चनपुर —
शुक्रबार नेपाल सुनचाँदी कला व्यवसायी संघ, जिल्ला शाखा कञ्चनपुरको दोस्रो वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ।
बेलौरीस्थित प्रेम होटल एण्ड लजको सभाहलमा आयोजित कार्यक्रममा संघका जिल्ला अध्यक्ष मीनबहादुर सुनारको अध्यक्षता तथा बेलौरी नगर प्रमुख पोतीलाल चौधरीको प्रमुख आतिथ्यता रहेको थियोे।
संघका कोषाध्यक्ष नागेन्द्र सुनारका अनुसार व्यवसायीहरूको उल्लेखनीय सहभागिता सहित कार्यक्रम व्यवस्थित रूपमा सम्पन्न भएको हो।
उनले सभामा सुनचाँदी व्यवसायसँग सम्बन्धित समसामयिक विषय, समस्या, चुनौती र भावी कार्यदिशाबारे गहन छलफल गरिएको बताए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख चौधरीले सुनचाँदी कला तथा व्यवसायले स्थानीय अर्थतन्त्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै यस क्षेत्रको संरक्षण, प्रवर्द्धन र व्यवसायीहरूको हकहितका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले परम्परागत सीप, कला र पेशालाई आधुनिक प्रविधिसँग जोड्दै अघि बढ्नुपर्नेमा पनि जोड दिएका छन्।
सभाध्यक्ष मीनबहादुर सुनारले संघ स्थापना भएदेखि हालसम्म गरेका गतिविधिहरूको समीक्षा गर्दै आगामी दिनमा व्यवसायीहरूको व्यावसायिक सुरक्षा, तालिम, सीप अभिवृद्धि तथा संगठन विस्तारलाई प्राथमिकतामा राखिने बताए।
सुनारले संघलाई अझ सशक्त र एकताबद्ध बनाउँदै लैजान सबै सदस्यहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरेका छन्।
कार्यक्रममा विशिष्ट अतिथि समीर सिजापती, बेलाैरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्ट, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी सहायक निरीक्षक लोकेन्द्र बहादुर धामी, पत्रकार तथा विभिन्न सुनचाँदी व्यवसायीहरूको उपस्थिति रहेको थियो।
सुनचाँदी व्यवसायी संघले कार्यक्रममा आमन्त्रित पाहुनाहरुलाई स-सम्मान मायाकाे चिनाे समेत प्रदान गरेको थियो।,
साधारण सभामा व्यवसायी गणेश सुनार, दीपक सुनार, रमेश सुनार, दिपेश चौलागाईं, सूरज सुनार, रवि लाल जी.सी., सन्तोष सुनार, विनोद सुनार, सन्त बहादुर सुनार, विक्रम सुनार, दिपक सुनार, राजेश विश्वकर्मा, किरण खाती, मानबहादुर विश्वकर्मा, लक्ष्मण सुनार, साइमन धिमिरे, खुशीराम तामाङ, मानबहादुर सुनार, सुवास चाैधरी, नवराज सुनार, निमलाल सुनार, टेकबहादुर सुनार, मनाेज धिमिरे,
सिगरन सुनार र चित्रबहादुर सुनार लगायत अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले सुनचाँदी व्यवसायीहरूबीच आपसी एकता मजबुत बनाउनुका साथै व्यवसायिक हित संरक्षण र समन्वयलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।