बेलौरी, कञ्चनपुर —
आइतबार कञ्चनपुरको बेलाैरीमा राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइएको छ।
बेलाैरी नगरक्षेत्र बाजागाजा सहित राष्ट्रप्रेम र गौरवको भावनाले ओतप्रोत बनाउदै देशभक्त नागरिकहरुद्वारा जन्मजयन्ती भव्यताका साथ मनाइएकाे हाे।
कार्यक्रमले केवल ऐतिहासिक स्मरण मात्र नभई वर्तमान र भविष्यका लागि राष्ट्रप्रेम, एकता र जिम्मेवारीको स्पष्ट सन्देश दिएको छ।
बेलौरीस्थित वाल उद्यानमा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी टेकबहादुर साउदको सभापतित्व तथा बेलाैरी नगर उप–प्रमुख जोगराम चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमको सुरुवात राष्ट्रनिर्माताको तस्बिरमा माल्यार्पण, दीप प्रज्वलन र राष्ट्रिय गानसँगै गरिएको थियो। त्यससंगै पृथ्वीनारायण शाहका प्रसिद्ध दिव्य उपदेशहरू बाट विभिन्न वक्ताहरुले विचार व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागी वक्ताहरूले “नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो”, “विदेशीको मुख ताकेर होइन, आफ्नै बलबुतामा देश चलाउनुपर्छ”, “देशको ढुकुटी जनताको पसिनाबाट भरिनुपर्छ”, “राष्ट्र बलियो भए जनता बलिया हुन्छन्”, “देशका लागि त्याग गर्न सक्ने नै साँचो नेता हो” घुस लिन्या र दिन्या दुवै राष्ट्रका सत्रुहुन लगायतका उपदेश माथि प्रकाश पारेका थिए।
कार्यक्रमका सभापति टेकबहादुर साउदले पृथ्वी जयन्तीलाई सम्पूर्ण नेपालीको साझा गौरवको प्रतीक र राष्ट्रिय चेतनाको पुनर्जागरणको अवसर भएको बताए।
उनले भने, “यदि पृथ्वीनारायण शाहले आफ्नो जीवन दाउमा लगाएर साना राज्यहरूलाई एकीकृत नगरेका भए आज हामी स्वतन्त्र नागरिक भएर बाँचिरहेका हुन्थ्यौं कि हुन्थ्याै थाहा छैन।,
उहाँले केवल भूगोलिक एकता मात्र नभई, हाम्रो राष्ट्रिय पहिचान, स्वाभिमान र साझा भविष्य निर्माण गर्नुभयो। आजको पुस्ताले यो इतिहासलाई आत्मसात् नगरे कसले गर्छ। त्यसैले उहाँले पृथ्वी जयन्तीलाई भव्य र सभ्य रुपमा सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै शुभकामना व्यक्त गरेका छन् ।
प्रमुख अतिथि नगर उप–प्रमुख जोगराम चौधरीले राष्ट्रिय एकता र समावेशीकरणसँग सम्बन्धित उपदेशहरूको महत्व औंल्याए। उनले भने, “आज हामी जात, भाषा, धर्म र क्षेत्रको आधारमा विभाजित देखिन्छौँ।
यस्तो बेला पृथ्वीनारायण शाहको ‘चार जात छत्तीस वर्णको साझा फूलबारी’को दर्शनले मात्र हामीलाई फेरि एउटै साझा पहिचानमा जोड्न सक्छ।
साथै, उहाँले भन्नुभएको ‘देशको ढुकुटी जनताको पसिनाबाट भरिनुपर्छ’ भन्ने सन्देश आजको आर्थिक प्रणाली र लोकतान्त्रिक शासनका लागि मार्गदर्शक बनेको छ। हामीले यदि जनता र राज्यबीचको भरोसा कायम राख्न सकेनौं भने लोकतन्त्रको वास्तविक मूल्य समाप्त हुन्छ।”
यस्तै, वात्सल्य विद्या निकेतनका प्रिन्सिपल लक्ष्मण दियालले आफ्नो विचार व्यक्त गर्दै भने,“ वडामहाराजाघिराज पृथ्वीनारायण शाहले स्पष्ट रूपमा भन्नुभएको थियो कि ‘घुस लिन्या र दिन्या दुवै राष्ट्रका सत्रु हुन्’। देश यिनै सत्रुहरुले सखाप बनाइ सके।, अब सच्चिने र सच्याउने बेला आएको छ।, यस्ता सत्रु पाल्नुहुदैन् भन्ने उनको सार थियो।
आज हामी ऋण, अनुदान र विदेशी सर्तमा धेरै निर्भर हुँदै गएका छौँ। यदि हामीले आफ्नै शक्ति, साधन र उत्पादनमाथि निर्भरता बढायौं भने मात्र स्वाधीनता टिकाउन सक्छौँ।
दिपेन्द्र प्रसाद उपाध्यायले शाह वंशकाे सान्दर्भिक चर्चा गर्दै राष्ट्र निर्माण र प्रशासनिक संरचनामा पृथ्वीनारायण शाहको योगदान उल्लेख गरेका थिए। उनलेे भने, “उहाँ केवल युद्ध जित्ने राजा होइन, कुशल प्रशासक र अभिभावक पनि हुनुहुन्थ्यो।
प्रणाली, प्रशासनिक संरचना र कूटनीतिक सम्बन्धलाई व्यवस्थित गरेर उहाँले आधुनिक राज्यको आधार तयार गर्नुभयो।
यही कारणले नेपाल उपनिवेश बन्नबाट जोगियो। आजका नेताहरूले उहाँको प्रशासनिक दूरदर्शिता र नीति-निर्माणको शैलीबाट धेरै कुरा सिक्न सक्छन्।
यही दृष्टिकोण भएमा मात्र हाम्रो राष्ट्र दीर्घकालीन रूपमा बलियो बन्न सक्छ।” यदि यहाँहरुले उहाँको बारे अध्ययन गर्नुभएको छ भने बुझ्नु भएको हाेला।, छैनभने आजै अध्ययन गर्नुहाेला।,
शिक्षक तेजबहादुर चन्दले सामाजिक सद्भाव र एकताको दृष्टिकोणमा भने, “आज समाज जात, वर्ग र विचारका आधारमा विभाजित हुँदै गएको छ। यस्तो समयमा ‘साझा फूलबारी’को अवधारणाले मात्र हामीलाई एकजुट बनाउन सक्छ।
पृथ्वीनारायण शाहको उपदेशले देखाउँछ कि वास्तविक शक्ति केवल सेनामा होइन, समाजमा एकताको भावनामा हुन्छ। यदि जनता र नेतृत्व एक हुने हो भने राष्ट्र कहिल्यै कमजोर हुँदैन।”
यस कार्यक्रमलाई स्थानीय सरकारले उपेक्षा नगरी जिम्मेवारी र दायित्व बाेध गर्नुपर्ने हाे।, तथापि मेराे र मेराे विद्यालयकाे ५ सय आर्थिक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु, चन्दले भने विद्यालयबाट पाँच हजार।,
पेपुराम चौधरीले राष्ट्रिय भूगोल र समावेशी दृष्टिकोणमा टिप्पणी गर्दै भने, “पृथ्वीनारायण शाहले केवल पहाड र तराईलाई मात्र होइन, सम्पूर्ण भू–भागलाई एउटै राष्ट्रमा बाँध्नुभयो।
उहाँको ‘देश टुक्र्याउन खोज्ने शक्तिबाट सधैं सावधान रहनुपर्छ’ भन्ने चेतावनी आज पनि सान्दर्भिक छ। आजको नेपालमा राजनीतिक अस्थिरता, अन्तर्राष्ट्रिय दबाब र सामाजिक विभाजन देखा परिरहेको छ। यस समयमा उहाँका उपदेशहरू हामीलाई जागरूक बनाउँछन्।”
बिष्णु अवस्थी र रामेश्वर न्यौपानेले प्रशासन र नेतृत्वको दृष्टिकोणमा भने, ‘राम्रो शासन भए देश बलियो हुन्छ’ केवल सैद्धान्तिक होइन, व्यावहारिक सत्य हो।
आज हाम्रो स्थानीय शासन प्रणाली, नीति र कानुनको कार्यान्वयन कस्तो छ भन्ने कुरा राष्ट्रको बल र कमजोरीलाई प्रतिविम्बित गर्छ, सारांसमा उनीहरूको भनाइ थियोे।”
विजया लक्ष्मी श्रेष्ठले, “पृथ्वीनारायण शाहको उपदेशले महिला, पुरुष, विभिन्न जात र समुदाय सबैलाई एउटै साझा पहिचानमा बाँध्ने काम गरेको छ। उहाँले देखाउनुभयो कि राष्ट्रिय एकता सबैको सहभागितामा सम्भव हुन्छ।”
सुर्यबहादुर थापाले आर्थिक र स्वाधीनतासँग जोडेर भने,“उहाँको उपदेश ‘विदेशी वस्तुमा होइन, स्वदेशी उत्पादनमा भरोसा गर’ आजको अर्थतन्त्रका लागि मार्गदर्शक हो। स्वदेशी उत्पादन र आत्मनिर्भरता बिना राजनीतिक स्वतन्त्रता टिक्दैन।”
केशवराज जोशीले युवापुस्तालाई लक्षित गर्दै भने,
“इतिहास बुझ्ने युवा नै राष्ट्रको भविष्य सुरक्षित गर्न सक्छ। ‘इतिहास बिर्सने राष्ट्र कमजोर हुन्छ’ भन्ने उपदेश हाम्रो पुस्ताको लागि चेतावनी हो। पृथ्वी जयन्तीजस्ता अवसरहरूले युवा पुस्तालाई शिक्षित, जागरूक र जिम्मेवार बनाउँछ।”
प्रेम सिंह बोहराले नेतृत्व र नैतिकताको सन्दर्भमा भने,“पृथ्वीनारायण शाहले भन्नुभयो, ‘देशका लागि त्याग गर्न सक्ने नै साँचो नेता हो’। आजको नेतृत्व संकटमा यो उपदेश अत्यन्त महत्त्वपूर्ण छ। यदि नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिन सकेनन् भने राष्ट्रको भविष्य खतरा हुन्छ।”
कार्यक्रमसँगै विद्यार्थी, शिक्षक, स्थानीय नागरिक समाज र देशभक्तहरूको सहभागितामा बेलौरी बजार परिक्रमा गरिएको थियो। राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहका तस्वीर र देशभक्तिपूर्ण नारासहित गरिएको र्यालीले सम्पूर्ण नगर क्षेत्रमा राष्ट्रिय एकताको सन्देश फैलाएको छ।
यसरी बेलौरीमा सम्पन्न ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले पृथ्वीनारायण शाहका उपदेशहरूलाई वर्तमान जीवनसँग जोड्दै राष्ट्रिय एकता, स्वाधीनता, आत्मनिर्भरता, जिम्मेवारी र सामाजिक समावेशीताको चेतना थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा स्थानीय देशभक्त नागरिक, शिक्षक, विद्यार्थी, सामाजिक अभियन्ता, युवा तथा विभिन्न राजनीतिक र सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भने कार्यक्रमकाे सञ्चालन शिक्षक खड्क शाहले गरेका थिए।