नेपाली कम्युनिस्ट पार्टीले लगायाे उम्मेदवारको टुङ्गो, कञ्चनपुर १ मा बिना मगर

होमपेज / राजनीति / समाचार /
नेपाली कम्युनिस्ट पार्टीले लगायाे उम्मेदवारको टुङ्गो, कञ्चनपुर १ मा बिना मगर
  • रेडियो सुदूर सञ्चार
  • ३ माघ २०८२ (१ महिना अघि)
  • १३८३

कञ्चनपुर -

नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा उम्मेदवारको टुङ्गो लगाएको छ ।

स्रोतका अनुसार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वमन्त्री बिना मगर, २ मा लाल बहादुर खड्का र ३ नम्बर क्षेत्रमा मान बहादुर सुनारको नाम टुङ्गो लागेको हाे।

भने, अछामको १ नम्बर क्षेत्रबाट भीम रावल र क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारी उम्मेदवार बन्ने भएका छन् ।

यस्तै, कैलाली क्षेत्र नम्बर ३ र ४ बाट वीरमान चौधरी र हरि चौधरी (उत्सव)को नाम टुङ्गो लगाएको छ। कैलालीको १,२ र ५ नम्बर क्षेत्रको विषयमा भने अहिले छलफल जारी रहेको जनाइएको छ।

उता, डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी र बझाङबाट मीनबहादुर कुवर उम्मेदवार बन्ने भएका छन् ।

बैतडी परमानन्द भट्ट, डोटीमा त्रिलोचन भट्ट र बाजुरामा प्रकाश शाह उम्मेदवार बन्ने भएका हुन् ।

अन्तिम अध्यावधिक: ३ माघ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस