नेकपा (एमाले)ले लगायाे उम्मेदवारकाे टुंगो, कञ्चनपुर १ मा कमला बाेहरा

होमपेज / राजनीति / समाचार /
नेकपा (एमाले)ले लगायाे उम्मेदवारकाे टुंगो, कञ्चनपुर १ मा कमला बाेहरा
  • रेडियो सुदूर सञ्चार
  • ४ माघ २०८२ (८ महिना अघि)
  • ५२४

बेलौरी, कञ्चनपुर —

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार टुंगो लगाएको छ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १, २ र ३ का उम्मेदवारहरूको नाम टुंगो लगाएको हो।

स्रोतका अनुसार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट पार्टीकी केन्द्रीय सदस्य कमला बोहरा, क्षेत्र २ मा बचन बहादुर सिंह र क्षेत्र नम्बर ३ बाट डा. दीपक प्रकाश भट्टलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा चयन गरिएको छ।

उम्मेदवार छनोटको निर्णय पार्टी सचिवालय बैठकबाट गरिएको बताइएको छ। पार्टीले संगठनात्मक सन्तुलन, स्थानीय लोकप्रियता तथा राजनीतिक अनुभवलाई मुख्य आधार मानेर उम्मेदवार तय गरेको जनाएको छ।

अन्तिम अध्यावधिक: ४ माघ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस