ओखेडा र बाेहराकाे टिकट खाेसिएपछि निजका समर्थकहरुले सामाजिक सञ्जालमा चर्को असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
कञ्चनपुर -
नेकपा एमालेले सुदूरपश्चिमका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार हेरफेर गरेको छ । शनिबार बसेको सचिवालय बैठकले बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर-१ मा कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तर, अहिले दुवै उम्मेदवारलाई ब्याक गर्दै पार्टीले यी दुई स्थानमा नयाँ उम्मेदवारलाई टिकट दिइएको छ। बझाङमा ऎन महरले र कञ्चनपुर-१ मा तारालामा तामाङले टिकट पाएका छन् ।
ओखेडा र बाेहराकाे टिकट खाेसिएपछि निजका समर्थकहरुले सामाजिक सञ्जालमा चर्को असन्तुष्टि व्यक्त गरिरहेका छन् ।