राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लगायाे उम्मेदवारकाे टुंगो, कञ्चनपुर १ मा जनक सिंह धामी

होमपेज / राजनीति / समाचार /
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लगायाे उम्मेदवारकाे टुंगो, कञ्चनपुर १ मा जनक सिंह धामी
  • रेडियो सुदूर सञ्चार
  • ५ माघ २०८२ (१ महिना अघि)
  • ३३८

बेलौरी, कञ्चनपुर —

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका उम्मेदवारकाे नाम टुंगो लगाएको छ।

राजधानीमा आइतबार अबेर राति बसेको पार्टी बैठकले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १, २ र ३ का उम्मेदवार हरूको नाम टुंगो लगाएको हो।

रास्वपा सचिवालय स्रोतका अनुसार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट युवा नेता जनक सिंह धामी, क्षेत्र नम्बर २ बाट दिपक बाेहरा र क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्र सिंह महतालाई प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा अघि सारेको छ।

यद्यपि कञ्चनपुर क्षेत्र नम्बर २ मा बाेहराकाे नाम यसअघि नै टुङ्ग्याइएकाे थियोे। पार्टीले उम्मेदवारकाे क्षमता, दक्षता, लोकप्रियतालाई आधार मानेर टिकट उपलब्ध गराई तीनै जनालाई चुनावी मैदानमा पठाएको हाे। 

अन्तिम अध्यावधिक: ५ माघ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस