कञ्चनपुर —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका उम्मेदवारकाे नाम टुंगो लगाएको छ।
राजधानीमा आइतबार अबेर राति बसेको पार्टी बैठकले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १, २ र ३ का उम्मेदवार हरूको नाम टुंगो लगाएको हो।
रास्वपा सचिवालय स्रोतका अनुसार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट ज्ञानेन्द्र सिंह महता, क्षेत्र २ बाट दिपक बाेहरा र क्षेत्र नम्बर १ बाट जनक सिंह धामीलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा अघि सारेको छ।
यद्यपि कञ्चनपुर क्षेत्र नम्बर २ मा बाेहराकाे नाम यसअघि नै टुङ्ग्याइएकाे थियोे। पार्टीले उम्मेदवारकाे क्षमता, दक्षता, लोकप्रियतालाई आधार मानेर टिकट उपलब्ध गराई तीनै जनालाई चुनावी मैदानमा पठाएको हाे।