बेलाैरी, कञ्चनपुर –
कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्यायले उम्मेदवारी दर्तापछि पत्रकार संगकाे कुराकानीमा आफू जनताको नाेकर का रूपमा सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे।
उपाध्यायले कञ्चनपुर–१ का जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने म जनताकाे नाेकर हुँ र सस्तो लोकप्रियताका लागि कुनै गतिविधि नगर्ने जिकिर गर्नुभयो।
उम्मेदवारका प्रस्तावक एवम् समर्थकद्वय दिनेश कुँवर र चेतन राईले समेत नेपाली काँग्रेस भनेको कुरा व्यवहारमा उतार्ने पार्टी भएको उल्लेख गर्दै पार्टी अब नयाँ सोच, नयाँ शैली र जिम्मेवार नेतृत्वका साथ अघि बढिरहेको दाबी गर्नुभयो।,
प्रतिनिधि सभा सदस्य उम्मेदवार उपाध्यायले जेन–जी पुस्ताको चाहना र अपेक्षालाई मध्यनजर गर्दै पार्टीले आफूलाई विश्वासका साथ उम्मेदवार बनाएको बताउनुभयाे।
साथै, गरिब, असहाय र पीडित वर्गको पक्षमा सधैँ उभिने प्रतिबद्धता जनाउँदै कञ्चनपुर–१ मा नेपाली काँग्रेस एकढिक्का भएर चुनावी प्रतिस्पर्धामा उत्रिएको सन्देश समेत दिनुभयाे।