बेलौरीमा टी–२० क्रिकेट प्रतियोगिता सुरु, ९ विद्यालयकाे सहभागीता

होमपेज / खेलकुद / समाचार /
खेल संस्कृतिको विकास
बेलौरीमा टी–२० क्रिकेट प्रतियोगिता सुरु, ९ विद्यालयकाे सहभागीता
  • रेडियो सुदूर सञ्चार
  • १० माघ २०८२ (१ हप्ता अघि)
  • ३३५

बेलौरी, कञ्चनपुर —

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ शनिबारदेखि बेलौरीमा विद्यालयस्तरीय मेयर कप टी–२० क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ।

नगर खेलकुद समितिको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा बेलाैरी नगरभित्रका ९ वटा विद्यालयकाे सहभागीता रहेको छ।

खेल उद्घाटन समारोहलाई सम्बाेधन गर्दै बेलाैरी नगर प्रमुख पाेतीलाल चौधरीले खेलकुदलाई विद्यार्थी जीवनसँग जोड्न सके स्वस्थ, अनुशासित र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न सकिने बताए।,

उनका अनुसार क्रिकेटले शारीरिक स्वास्थ्यसँगै नेतृत्व, सहकार्य र आत्मविश्वास विकासमा योगदान पुर्‍याउँछ। नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेका अनुसार प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ।,

विद्यालयस्तरमै क्रिकेट प्रतिभा पहिचान गर्ने, स्थानीय खेलाडी उत्पादन र नगरमा नियमित खेल गतिविधि विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइएको छ।

प्रतियोगिताको पहिलो दिन सरस्वती माध्यमिक विद्यालय, बुटावारी र जनज्योति माध्यमिक विद्यालय, कलकत्ताबीच भएको खेलमा जनज्योति माविले सरस्वती माविलाई ९ विकेटले पराजित गर्‍यो।

खेलमा प्रभावशाली बलिङ प्रदर्शन गर्दै जनज्योति माविका मुकेश विकले ४ विकेट लिएपछि म्यान अफ द म्याच घोषित भएका थिए।

सहभागी विद्यालयका शिक्षक लक्ष्मण सिंह दियालले विद्यालयस्तरमै यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा उजागर गर्न सहयोग पुग्ने बताए। उनले खेलकुदले अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास गर्ने उल्लेख गरे।

त्यस्तै शिक्षक दिपेन्द्र प्रसाद उपाध्यायले नगर खेलकुद समितिले नियमित रूपमा विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्नु सकारात्मक कदम भएको बताए।

उनले यस्ता प्रतियोगिताले विद्यार्थीलाई पढाइसँगै खेलमा पनि सक्रिय बनाउने र दीर्घकालमा खेलाडी उत्पादनमा योगदान पुग्ने धारणा व्यक्त गरेका छन् ।

आयोजक सदस्य तेजबहादुर चन्दका अनुसार प्रतियोगिताअन्तर्गत आइतबार बिहान १० बजे लिटिल गार्डन गोकुलपुर र लक्ष्मी माध्यमिक विद्यालय जब्दियाबीच पहिलो खेल हुनेछ। दिउँसो १ बजे महाकाली माध्यमिक विद्यालय विद्यानगर र विज्डम एकेडेमी रिछाहाबीच दोस्रो खेल हुनेछ।

भने, प्रतियोगिताले विद्यालयस्तरमै खेल संस्कृतिको विकास, विद्यार्थीमा स्वास्थ्यप्रति सचेतना र नगरमा क्रिकेटको आधार विस्तार गर्ने लक्ष्य लिएको छ।

अन्तिम अध्यावधिक: १० माघ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस