जन्मदिनमा नेता भट्टद्वारा बौद्धिक अपांगता भएका बालबालिकालाई फलफूल

होमपेज / समाज /
जन्मदिनमा नेता भट्टद्वारा बौद्धिक अपांगता भएका बालबालिकालाई फलफूल
  • दिनेश चौधरी
  • १६ माघ २०८२ (७ महिना अघि)
  • ५२८

बेलौरी, कञ्चनपुर —

नेकपा एमाले कञ्चनपुर जिल्ला सचिव पल्लब राज भट्टले आफ्नो जन्मदिनको अवसरमा बौद्धिक अपांगता भएका बालबालिकालाई फलफूल तथा खाजा वितरण गरेका छन्।

शुक्रबार बेलौरीस्थित महाकाली माध्यमिक विद्यालय अन्तर्गत सञ्चालन भइरहेको बौद्धिक अपांगता भएका विद्यार्थीहरूलाई लक्षित गरी फलफूल वितरण कार्यक्रम सम्पन्न गरिएको हो।

भट्टले प्रत्येक वर्ष जन्मदिनमा अनाथ तथा अपांगता भएका बालबालिकालाई सहयोग गर्दै आएको बताए। उनले जन्मदिनमा अनावश्यक खर्च गर्नु भन्दा असहाय बालबालिकालाई सहयोग गर्नु राम्रो हुने उल्लेख गरे।

कार्यक्रममा भट्ट स्वयं उपस्थित हुन नसके पनि स्थानीय समाजसेवी धनेष दत्त पन्त र बाबुराम न्यौपाने सहितको टोलीमार्फत बालबालिकालाई फलफूल र खाजा नास्ता प्रदान गरिएको थियो।

विद्यालय परिवारले नेता भट्टकाे प्रशंसा गर्दै यस्तो सहयोगले बालबालिकामा आत्मविश्वास बढाउने र समाजमा सकारात्मक सन्देश फैलाएको जनाएको छ।

अन्तिम अध्यावधिक: १६ माघ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस