कञ्चनपुर : लालझाडीमा जंगली हात्तीको आक्रमण, ६ वर्षीया बालिकाको मृत्यु

होमपेज / घटना / समाचार /
बस्तीमा त्रास !
कञ्चनपुर : लालझाडीमा जंगली हात्तीको आक्रमण, ६ वर्षीया बालिकाको मृत्यु
  • रेडियो सुदूर सञ्चार
  • २५ माघ २०८२ (१५ घण्टा अघि)
  • १३१

लालझाडी /कञ्चनपुर -

कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चानदेवस्थित आरक्षपीडित शिविरमा जंगली हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

शनिबार राति करिब २ बजे शिविरभित्र पसेको हात्तीले किसन सिंह साउदको घरमा आक्रमण गर्दा ६ वर्षीया रोजिना साउद र उहाँकी ५५ वर्षीया हजुरआमा पार्वती साउद घाइते भएका थिए।

घाइते दुवै जनालाई उपचारका लागि धनगढी लगिएको स्थानीयले बताए । यद्यपि उपचारकै क्रममा रोजिनाको आज (आइतबार)बिहान नवजीवन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

भने, घाइते पार्वतीको उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ।

अन्तिम अध्यावधिक: २५ माघ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस