किसानको सहजताका लागि बेलौरीमा भित्रियो कम्बाइन मेसिन, कृषक उत्साहित

होमपेज / कृषि / समाचार /
किसानलाई आवश्यक परे सिधा सम्पर्क - ९८०९४९४६२८
किसानको सहजताका लागि बेलौरीमा भित्रियो कम्बाइन मेसिन, कृषक उत्साहित
  • चन्द्रिका चौधरी
  • २८ माघ २०८२ (१५ घण्टा अघि)
  • ५७७

बेलौरी, कञ्चनपुर -

कञ्चनपुरको बेलौरी क्षेत्रमा आधुनिक कृषि प्रविधिको सुरुआत स्वरूप पहिलोपटक कम्बाइन मेसिन भित्रिएको छ। नेपाल टायल तथा ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष एवम् बेलौरीका वरिष्ठ समाजसेवी उद्योगी बलदेव सिंह बुडालले उक्त मेसिन भित्र्याएका हुन्।

यस कार्यलाई स्थानीय कृषकहरूले कृषि आधुनिकीकरण तर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।

बेलौरी क्षेत्र धान र गहुँ उत्पादनका हिसाबले सम्भावना बोकेको कृषि क्षेत्र मानिन्छ। तर पछिल्लो समय बढ्दो मजदुर अभाव, खेतीपातीको बढ्दो लागत र मौसमको अनिश्चितताका कारण किसानहरू समस्यामा पर्दै आएका थिए। यस्तै अवस्थालाई मध्यनजर गर्दै कम्बाइन मेसिन भित्र्याइएको उद्योगी बुडालले बताए।

उनले भने, बुधबार मेसिनकाे पुजा सम्पन्न गरिएको छ। वास्तवमै “किसानको दुःख, समय र लागतलाई नजिकबाट नियाल्दा आधुनिक प्रविधिको आवश्यकता स्पष्ट देखिन्थ्यो।

परम्परागत तरिकाले दिनौँ लगाएर गर्ने काम अब केही घण्टामै सम्पन्न हुनेछ। यसले किसानको श्रम बचत गर्नुका साथै उत्पादनमा हुने क्षतिसमेत घटाउनेछ।”

उनका अनुसार उक्त मेसिनले धान, गहुँ, मसुर, ताेरी लगायतका बाली एकैपटक काट्ने, मडाइ गर्ने र दाना छुट्याउने काम एउटै प्रक्रियाबाट सम्पन्न गर्ने भएकाले समय र खर्च दुवैमा उल्लेखनीय बचत हुनेछ। “कृषि क्षेत्रलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउन प्रविधि अनिवार्य छ,” उनले थपे - किसान दाजुभाइलाई आवश्यक परे मेराे सम्पर्क नम्बर  ९८०९४९४६२८ मा फाेन गर्नुहाेला।,

उनका सहाेदर भाइ सत्यप्रकाश बुडालले कम्बाइन मेसिनको आगमनलाई ऐतिहासिक अवसरको रूपमा वर्णन गर्दै भने, “हामी वर्षौँदेखि मजदुरको अभाव झेल्दै आएका छौँ। बाली पाक्दा कामदार नपाउँदा ठूलो चिन्ता हुन्थ्यो। अब भने समयमै बाली भित्र्याउन सकिने विश्वास बढेको छ।” सबैले सेवाका माैका दिनुहाेला।,

स्थानीय भगवती देवी विष्टले महिलामैत्री दृष्टिकोणबाट यस पहललाई सकारात्मक मानेकी छन्। उनले भनिन्, “खेतीपातीमा महिलाको पनि ठूलो भूमिका हुन्छ। मेसिनको प्रयोगले शारीरिक श्रम घटाउने भएकाले हामीलाई पनि सहज हुनेछ। यसले कृषि पेशालाई अझ आकर्षक बनाउनेछ।” मेरा भाइलाई यस महानकार्यका लागि धन्यवाद दिन चाहन्छु उनलेे भनिन् - ईष्टकुलदेवता फलुनफुलून।,

युवा समाजसेवी अमर सिंह विष्टले उत्पादनको गुणस्तर र समय व्यवस्थापनमा मेसिनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “वर्षा वा हावाहुरीको डरले छिटो काम गर्नुपर्ने अवस्था आउँछ। अब कम समयमा धेरै काम गर्न सकिने भएकाले जोखिम कम हुनेछ,” उनले भने याे यहाँका किसानहरुकाे साैभाग्य हाे।,

महेन्द्र सिंह बुडालले लागत घट्ने पक्षलाई जोड दिँदै भने, “मजदुरी खर्च दिनानुदिन बढिरहेको छ। कम्बाइन मेसिनले खर्च घटाउनुका साथै कामको गुणस्तर पनि सुधार्नेछ। यसले कृषकको आम्दानी बढाउन मद्दत पुग्छ।”

स्थानीय रज्निश भण्डारीले आधुनिक प्रविधिको प्रयोगले युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने विश्वास व्यक्त गरे। “हामीले कृषि पेशालाई आधुनिक र सम्मानित बनाउनु जरुरी छ। यस्ता मेसिनले युवामा कृषि प्रति नयाँ उत्साह जगाउनेछ,” भण्डारीले भने ।

स्थानीय किसानहरूका अनुसार खेतमै छिटो काम सम्पन्न हुने भएकाले आकस्मिक वर्षा वा प्राकृतिक विपद्का कारण हुने क्षति कम गर्न मद्दत पुग्नेछ।

साथै, समयमै बाली भित्र्याउन सकिने भएकाले उत्पादन व्यवस्थापन र बजार आपूर्तिमा समेत सहजता आउने अपेक्षा गरिएको छ।

बेलौरी क्षेत्रमा पहिलोपटक भित्रिएको कम्बाइन मेसिनले कृषि उत्पादन वृद्धि, श्रम व्यवस्थापन सुधार र व्यावसायिक कृषि प्रणाली विकासमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ।

स्थानीय तह र सम्बन्धित निकायले समेत यस्ता प्रविधिमैत्री पहललाई प्रोत्साहन गर्दै कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता समेत औँल्याइएको छ।

अन्तिम अध्यावधिक: २८ माघ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस