प्रहरी हवल्दार - ह*त्याका एक अर्का आरोपित प*क्राउ

होमपेज / अपराध / घटना / समाचार /
प्रहरी हवल्दार - ह*त्याका एक अर्का आरोपित प*क्राउ
  • रेडियो सुदूर सञ्चार
  • २८ माघ २०८२ (१० घण्टा अघि)
  • ६३

दार्चुला -

सामुदायिक प्रहरी सेवा केन्द्र बंगाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्याका अर्का एक आरोपित पक्राउ परेका छन्। घटनाका योजनाकार भनिएका आशिष पाल पक्राउ परेका हुन् ।

जिल्ला  प्रहरी कार्यालय दार्चुलाका डिएसपी गौरब महतका अनुसार आशिष  पाललाई दुहुँ गाउँपालिकाको जङ्गलबाट पक्राउ गरिएको हो । यसअघि मंगलबार राति राजेन्द्र डडाललाई  नौगाडको होपरिगाडबाट पक्राउ गरिएको थियो ।

घटनामा संग्लन रहेका अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको थियो ।

घटनामा संलग्न रहेका पूजा बियर बारका सञ्चालक जानकी पाल र मनिस पाल भने अझै फरार रहेको डीएसपी महतले बताए । उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

मृतकको शवको जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरेर अन्तिम दाहसंस्कार गरिएको छ।

प्रहरी हवलदार घर्तीको टाउकोमा आठ वटा ठाउँमा धारिलो हतियार प्रहार गरिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पताल दार्चुलाका डाक्टर रविन्द्र भट्टराईका अनुसार, मृतकको टाउकोमा पछाडिबाट हतियार प्रहार गरिएको थियो।

अन्तिम अध्यावधिक: २८ माघ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस