बैतडी बस दु*र्घ*टनाका घा*इतेको स्वास्थ्य अवस्थाबारे महताको चासो

होमपेज / दुर्घटना /
बैतडी बस दु*र्घ*टनाका घा*इतेको स्वास्थ्य अवस्थाबारे महताको चासो
  • रेडियो सुदूर सञ्चार
  • २९ माघ २०८२ (११ घण्टा अघि)
  • २२

धनगढी —

यही माघ २२ गते बेलुका करिब ७:४५ बजे बैतडीको पुर्चौडी नगरपालिका–७ वडुगाड क्षेत्रमा जन्ती बोकेको बस दुर्घटना हुँदा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व प्रदेश इन्चार्ज तथा केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव एवं कञ्चनपुर क्षेत्र नम्बर ३ का उम्मेदवार ज्ञानेन्द्र सिंह महताले चासो व्यक्त गर्नुभएको छ।

दुर्घटनापछि उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा भर्ना गरिएका घाइतेहरूको अवस्था बुझ्न महता अस्पतालमै पुगेर अस्पताल प्रशासनसँग छलफल गर्नुभएको हो।

उहाँले अस्पताल व्यवस्थापन समिति अध्यक्ष तीर्थराज पन्तसँग भेटघाट गर्दै उपचार प्रक्रियाबारे विस्तृत जानकारी लिनुका साथै घाइतेहरूको उपचारमा कुनै कमी कमजोरी नआओस् भन्नेमा विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो।

अस्पताल प्रशासनले घाइतेहरूको उपचार पूर्ण जिम्मेवारीका साथ भइरहेको जानकारी गराउँदै आवश्यक चिकित्सकीय सेवा, औषधोपचार तथा निगरानीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ।

महताले अस्पतालमा उपचाररत घाइतेहरूलाई प्रत्यक्ष भेटी शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको थियो। साथै, उहाँले घाइतेका आफन्तजनसँग भेटघाट गरी यस कठिन परिस्थितिमा धैर्य र संयम अपनाउन आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू सधैं तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।

हाल निसर्ग अस्पतालमा २७ जना घाइते भर्ना रहेको अस्पताल स्रोतले जनाएको छ। तीमध्ये ४ जना उपचारपछि सामान्य अवस्थामा घर फर्किसकेका छन् भने बाँकी घाइतेहरूको उपचार जारी रहेको छ।

चिकित्सकका अनुसार अधिकांशको अवस्था स्थिर रहे पनि केहीको निगरानी कक्षमा उपचार भइरहेको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयवासी तथा सरोकारवालाहरूले यस्ता दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा र यातायात व्यवस्थापनमा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गरेका छन्।

अन्तिम अध्यावधिक: २९ माघ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस