पुनर्वास : वीरबहादुर बीना जिताउन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

होमपेज / राजनीति / समाचार /
पुनर्वास : वीरबहादुर बीना जिताउन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
  • रेडियो सुदूर सञ्चार
  • ५ फागुन २०८२ (१८ घण्टा अघि)
  • २४०

पुनर्वास/ कञ्चनपुर -

पुनर्वास नगरपालिकाको राजनीतिक वृत्तमा महत्वपूर्ण हलचल देखिएको छ। 

लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा सक्रिय रहँदै आएका पुनर्वास–९ का प्रभावशाली नेता वीरबहादुर सुनार बीना मगर जिताउन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

स्थानीय तह निर्वाचन २०७४ मा एमालेबाट पुनर्वास नगरपालिका–९ मा वडा अध्यक्ष पदका प्रत्याशी रहेका सुनार झिनो मतान्तरले पराजित भएका थिए।

त्यसयता पनि संगठन निर्माण, कार्यकर्ता परिचालन र जनसम्पर्कमा सक्रिय भूमिका खेल्दै आएका सुनारलाई एमालेको स्थानीय ‘खम्बा’का रूपमा हेरिँदै आएको थियो।

उहाँलाई नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर क्षेत्र नम्बर १ की उम्मेदवार बीना मगरले स्वागत गर्नुभएको हो। 

स्वागतमा बोल्दै पूर्वमन्त्री समेत रहकी मगरले पुनर्वासमा पार्टीलाई थप मजबुत बनाउन सुनारको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो।

“वीरबहादुरजस्ता जनआधारित नेता हाम्रो पार्टीमा आउनु पार्टीको शक्ति वृद्धि हो,” मगरको भनाइ उद्धृत गरिएको छ।

पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै सुनारले जनताको अपेक्षा र राजनीतिक मूल्य–मान्यताअनुसार आफूले नयाँ यात्रा सुरु गरेको बताउनुभयो। “जनताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धतासहित म नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएको हुँ,” उहाँले भन्नुभयो।

सुनारको पार्टी परिवर्तनसँगै पुनर्वास क्षेत्रको स्थानीय राजनीतिमा नयाँ समीकरण बन्ने आकलन गरिएको छ।

एमाले भित्रको एक प्रभावशाली अनुहारको बहिर्गमनले आगामी निर्वाचनको तयारी र संगठनात्मक सन्तुलनमा असर पार्ने विश्लेषण गरिएको छ। भने बीनाकाे पक्षमा माहोल बलियो बन्दै गएको छ।

अन्तिम अध्यावधिक: ५ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस