बीना जिताउन मितेरी पार्टी नेपालका उम्मेदवार पनि समाहित

होमपेज / समाचार /
बीना जिताउन मितेरी पार्टी नेपालका उम्मेदवार पनि समाहित
  • रेडियो सुदूर सञ्चार
  • १३ फागुन २०८२ (१० घण्टा अघि)
  • १३४

बेलाैरी / कञ्चनपुर -

कञ्चनपुर निर्वाचन क्षेत्र १ मितेरी पार्टी नेपालका उम्मेदवार सियाराम राना नेपाल कम्युनिष्ट पाटी(नेकपा)मा प्रवेस गरेका छन्। 

२७ बर्षिया जेनजी उम्मेदवार रानाले बुधबार नेकपा प्रवेस गरेका हुन् । नेकपा केन्द्रीय सदस्य जिवनराज थापाले मितेरी पार्टीका उम्मेदवार राना सहितका दर्जनौँ नेता कार्यकर्ताहरु नेकपामा प्रवेस गरेको बताए । 

लालझाडी गाँउपालिका ३का स्थानीय समेत रहेका रानाले क्षेत्रको बृद्धि विकासका लागि आफूबाट केही नहुने नेकपा उम्मेदवार बीना मगरबाट थुप्रै कामकाज हुने भएकाले मितेरी पार्टी परित्याग गर्दै नेकपामा प्रवेस गरेको बताए ।

परिर्वतनका लागि उम्मेदवारी दिएका जेनजी उम्मेदवार रानाले क्षेत्र १मा नेकपा नेतृ बीना मगरको विकल्प नभएकाले नेकपा प्रवेस गरेको बताए ।

मितेरी पार्टीका तर्फबाट उम्मेदवार भएका राना सहितका नेता कार्यकर्ताहरुलाई नेकपा उम्मेदवार बीना मगर सहितका नेताहरुले स्वागत गर्दै चुनावी अभियानमा खटिन आब्हान गरेका छन् ।

बुधबारै मात्रै प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार देपेन्द्र बहादुर शाही सहितका ५४ नेता कार्यकर्ता प्रवेस गरेकै दिन मितेरीका उम्मेदवार समेत नेकपा प्रवेस गरेसंगै बीना मगर थप बलियाे हुँदै गएकी छिन् ।

आफ्नो उम्मेदवारी समेत तिलान्जली दिदै चुनावी मैदान छाडेर नेकपा उम्मेदवार बीना मगर जिताउने अभियानमा जुटेका उम्मेदवारद्वय देपेन्द्र बहादुर शाही र सियाराम रानाले युद्धस्तरमा महिला नेतृ मगर जिताउने संकल्प गरेकाे बताए।

अन्तिम अध्यावधिक: १३ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस