कञ्चनपुर : एक महिलाको मृ*त्यु, अर्की घा*इते

होमपेज / घटना /
कञ्चनपुर : एक महिलाको मृ*त्यु, अर्की घा*इते
  • चन्द्रिका चौधरी
  • १४ फागुन २०८२ (१७ घण्टा अघि)
  • ३३५

कञ्चनपुर –

बुधबार साँझ कञ्चनपुरको वेदकोट नगरपालिका–३ पेलितालमा रुख ढल्दा एक महिलाको ज्यान गएको छ भने अर्की महिला घाइते भएकी छन्।

स्थानीय कुल बहादुर महताको टायलले छाएको कच्ची घरमाथि घरनजिकै रहेको कुसुमको रुख ढल्दा उक्त घटना घटेको प्रहरीले जनाएको छ।

घर भत्किँदा घरभित्र रहेकी करिब ५० वर्षीया सारदा देवी महता च्यापिएर घटनास्थलमै मृत्यु भएको बताइएको छ। यस्तै, सोही घरमा रहेकी करिब ४० वर्षीया सीता महता टाउको र शरीरमा चोट लागेर मध्यम घाइते भएकी छन्।

घाइते महताको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। भने, घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

अन्तिम अध्यावधिक: १४ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस