बेलडाँडी, कञ्चनपुर –
कञ्चनपुर क्षेत्र नम्बर १ मा चुनावी माहोल तीव्र हुँदै जाँदा बेलडाँडी गाउँपालिकामा ठूलो राजनीतिक हलचल मच्चिएको छ।
शुक्रबार दर्जन बढी जिम्मेवार नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेपछि राजनीतिक वृत्तमा हलचल मच्चिएको हाे।
नेकपा नेता डम्बर शाहका अनुसार पार्टी प्रवेश गर्नेहरूमा महाकाली सिँचाई केन्द्रीय जल उपभोक्ता संघका अध्यक्ष तथा एमाले जिल्ला सल्लाहकार सदस्य भीमबहादुर थापा, प्रदेश सल्लाहकार सदस्य बिरु गिरी, वीरबहादुर विष्ट, रमा भण्डारी, धनीदत्त भट्ट, लक्ष्मण सुनार, दिनेश चौधरी, साथै नेपाली काँग्रेसका मान ब. चौधरी, राम ब. चौधरी, जगत राना लगायतका नेता–कार्यकर्ताहरू रहेका छन्।
एक औपचारिक कार्यक्रमका बीच नेकपा चुनाव प्रचारप्रसार बेलडाँडी इञ्चार्ज जीवनराज थापा र प्रतिनिधि सभा सदस्य उम्मेदवार बीना मगरले नवप्रवेशीहरूलाई टीका लगाएर स्वागत गरेका थिए।
नेता कार्यकर्ता र मतदाताहरु संगकाे कुराकानीमा पूर्वमन्त्री समेत रहेकी मगरले आगामी दिनमा बेलडाँडी विकासका लागि कुनै कसर बाँकी नराख्ने बताइन् । उनलेे भनिन् - "यदि म निर्वाचित भएभने बेलडाँडीलाई पर्यटकीय हव बनाउँछु।,
प्रवेश गरेका नेता–कार्यकर्ताहरूले कञ्चनपुर क्षेत्र नम्बर १ मा विकास, स्थायित्व र जनअपेक्षा अनुसारको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवार मगरलाई विजयी गराउने विश्वास व्यक्त गरेका छन्।
यसअघि पनि प्रगतिशील लोकतान्त्रिक पार्टी नेपाल र मितेरी पार्टी नेपाल का दर्जनौं नेता–कार्यकर्ताहरू पनि नेकपा प्रवेश गरेका थिए।
पछिल्लो समय विभिन्न दलका नेता–कार्यकर्ताहरू नेकपामा प्रवेश हुँदा चुनावी समीकरण फेरिदै गएपछि कञ्चनपुर–१ मा राजनीतिक माहोल थप तरङ्गित बनेको छ।
स्थानीय मतदाता र राजनीतिक विश्लेषकका अनुसार बेलडाँडीमा भएको राजनीतिक तरङ्गले मतदातामाझ नयाँ लहर सिर्जना गरेको छ।
भने, फागुन २१ निर्वाचन नजिकिँदै जाँदा भइरहेका विविध राजनीतिक गतिविधिले कञ्चनपुर–१ को चुनावी समीकरण अनपेक्षित बन्दै गइरहेको जानकार बताउँछन्।
यद्यपि, सबै दलहरूले आफ्नो संगठन मजबुत रहेको दाबी गर्दै घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन्।