बेलौरी, कञ्चनपुर –
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ।
हालसम्म सार्वजनिक भएको प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहरा फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कृष्णपुर नगरपालिका वडा नम्बर ७, ८ र ९ को मतगणना सम्पन्न भइसकेको छ।
ती तीन वडामा जम्मा ७ हजार ५६६ मत खसेको थियो। जसमध्ये ४३२ मत बदर भएको जनाइएको छ।
गणना भएका सदर मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले ४ हजार २६८ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रकाश (एनपी) साउदले १ हजार ५२५ मत प्राप्त गरेका छन्।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार बचनबहादुर सिंहले ८३७ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्तले ४२७ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारहरूको मतगणना समेत जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
हालसम्मको मतपरिणामअनुसार रास्वपाका बोहरा निकटतम प्रतिस्पर्धीभन्दा ठूलो मतान्तरले अघि देखिएका छन्।
कञ्चनपुर क्षेत्र नम्बर २ मा अन्तिम परिणाम आउन अझै केही समय लाग्ने जनाइएको छ भने बाँकी वडाहरूको मतगणना जारी रहेको छ।